अध्यक्ष बिजुक्छेँद्वारा रचित “सय वर्षपछिको भक्तपुर” पुस्तकको परिचर्चा कार्यक्रम
- चैत्र २९, २०८२
भक्तपुर, ४ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा विद्या आर्जन इङ्ग्लिस बोर्डिङ स्कूलको ३३ औँ वार्षिकोत्सव पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले भक्तपुरबारे विद्यार्थीहरूलाई परिचित गराउन स्थानीय पाठ्यक्रम लागू गरेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई भक्तपुरका कला र संस्कृति पनि ज्ञानका स्रोतका रूपमा अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।
विद्यालयले कमजोर विद्यार्थीहरूलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले विद्यालय, शिक्षक र अभिभावकको संयुक्त प्रयासले हाम्रा सन्ततिको भविष्य राम्रो हुने विश्वास व्यक्त गर्दै शिक्षा नै विकासको मुख्य स्रोत भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्नुको उद्देश्यबारे प्रस्ट पार्दै नगर प्रमुख प्रजापतिले भौतिक सम्पत्ति नाशवान हुन्छ तर शिक्षा कहिल्यै पनि नाश नहुने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यालयले विद्यार्थीहरूलाई पढाइ गर्ने ठाउँको रूपमा मात्र सीमित नराखी जीवन जिउने कला र राष्ट्रप्रति सम्मान गर्न पनि सिकाइरहेको बताउनुभयो ।
विद्यार्थीको आजको मेहनतले भोलिको भविष्य निर्माण हुने बताउँदै उहाँले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विद्यालयले जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा अभिभावक प्रतिनिधि विश्वराम थापा, विद्यार्थी प्रतिनिधि, शिक्षक प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो भने कार्यक्रमका विशेष अतिथिहरूले विद्यालयद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply