क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
वास्तवमा इरानका नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनीको नियुक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गालामा बलियो थप्पड थियो । इरानको नयाँ नेताले कुनै न कुनै रूपमा ट्रम्प र नेतन्याहुबाट अनुमोदन पाउनुपर्छ भन्ने आस भइरहेको बेला उनको नियुक्ति भएको थियो । उनीहरूको सोच निःसन्देह भ्रमपूर्ण थियो । तेहरानको सन्देश स्पष्ट थियो– इरानको नेतृत्व तेहरानमै तय हुनेछ, वासिङटन वा तेलअभिभमा होइन । हप्तौँसम्म वासिङटनको बयानबाजीले सुझाव दियो कि अमेरिकाले बल प्रयोग गरेर इरानको राजनीतिक भविष्यलाई पुनः आकार दिन सक्छ ।
इरानमा आक्रमणको पहिलो लहरमा ट्रम्पले अमेरिकी–इजरायली सेनाद्वारा हत्या गरिएका आयतोल्लाह अली खामेनीका उत्तराधिकारीबारे सार्वजनिक रूपमा विचार गरेका थिए । त्यो भ्रम त्यतिबेला अन्त्य भयो, जब इरानको धार्मिक प्रतिष्ठानले मोजतबा खामेनीलाई इस्लामिक गणतन्त्रको सबैभन्दा शक्तिशाली पदमा स्थापित ग¥यो । वास्तवमा तेहरानबाट आएको सन्देश थियो, ‘इरानको नेतृत्वको निर्णय हामी आफैँ गर्छौं ।’ सापेक्षिक अस्पष्टताबाट मोजतबा खामेनीको अचानक उदयले मध्यपूर्वमा मात्र नभई विश्वभर गहिरो भूराजनीतिक प्रभाव पारेको छ ।
तेहरानको पहिलो सङ्केत : नयाँ सर्वोच्च नेता पनि आक्रमणमा घाइते भएका उनका परिवारका केही सदस्यको मृत्यु भएको दाबी गरिएका विवरण सार्वजनिक भएका छन् । उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन् । त्यो अनुपस्थितिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सार्वजनिक रूपमा खिल्ली उडाउन प्रेरित ग¥यो । तर, इरानी सरकारी टेलिभिजनले मोजतबा खामेनीको नाममा एक बयान प्रसारण ग¥यो । यो उनले व्यक्तिगत रूपमा दिएको भन्दा पनि एक प्रस्तुतकर्ताले पढेर सुनाएका थिए । तर, सन्देशले धेरै हदसम्म शङ्का मेटाइदियो । इरानले आफ्ना सहिदको रगतको बदला लिने र देशले हर्मुज जलमार्गलाई अवरुद्ध गर्न बल प्रयोग गरिरहनेछ । त्यो एकल वाक्यांशले तुरुन्तै विश्वभरका सरकार र बजारको ध्यान तान्यो । विश्वको तेल आपूर्तिको लगभग पाँचौँ भाग सो साँघुरो जलमार्गबाट प्रवाह हुन्छ । सो मार्गलाई बन्द गर्न आह्वान गरेर मोजतबा खामेनीले एक कठोर रणनीतिक सम्झना दिलाउँदै थिए, इरान आक्रमणमा पर्न सक्छ, तर यो अझै आफ्ना विरोधीलाई ठुलो आर्थिक लागत लगाउन सक्षम छ ।
इरानले आफ्ना सहिदको रगतको बदला लिने र हर्मुज जलमार्ग निरन्तर अवरुद्ध गर्ने रणनीति अङ्गीकार गरिरहेको छ
युद्धको लामो सम्झना : मोजतबा खामेनी द्वन्द्व र घेराबन्दीले आकार लिएको पुस्ताका नेता हुन् । १९६९ मा जन्मिएका उनी इरानको १९७९ को क्रान्तिपछि हुर्केका थिए र क्रूर इरान–इराक युद्धको समयमा वयस्क भए । त्यो युद्ध इरानको सामूहिक राजनीतिक मानसिकतामा गहिरो रूपमा कुँदिएको छ । द्वन्द्व आठ वर्षसम्म चल्यो र लाखौँको ज्यान लियो । इरानको नेतृत्वका लागि युद्धको पाठ स्पष्ट थियो, अस्तित्वगत सङ्कटको क्षणमा देशले मुख्यतया आफ्नै लचिलोपनमा भर पर्नुपर्छ । यो ऐतिहासिक सम्झनाले आज इरानको विश्व दृष्टिकोणलाई व्याख्या गर्छ । इरानी नेताहरूले प्रायः बाह्य दबाबलाई सीमित रणनीतिक चालबाजीका रूपमा होइन, बरु इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्ने व्यापक प्रयासको अंशका रूपमा व्याख्या गर्छन् । अली खामेनीको हत्याले त्यो धारणालाई नाटकीय रूपमा बलियो बनाएको छ । अमेरिका र इजरायलले इरानका सर्वोच्च नेताको हत्याले शासनलाई कमजोर बनाउने वा आन्तरिक पतनको ढोका खोल्ने विश्वास गरेका थिए भने उनीहरू अत्यन्तै गलत थिए र सायद उनीहरूका बुद्धिमान् सल्लाहकारले खराब सल्लाह दिएका थिए । बरु, यसले प्रतिरोधको कथालाई झनै बलियो बनाएको छ ।
तेहरानको अडानमा कडाइ : मोजतबा खामेनीको उदयले इरानको नेतृत्वले दीर्घकालीन टकरावका लागि तयारी गरिरहेको सङ्केत गर्छ । इरानको राजनीतिक प्रणालीमा कहिलेकाहीँ देखापर्ने सुधारवादी व्यक्तिभन्दा फरक मोजतबा इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सनिकट मानिन्छन् । कोप्र्स आज इरानको सबैभन्दा महत्वपूर्ण सङ्गठन हो । सङ्गठनले लामो समयदेखि बाह्य दबाबविरुद्ध प्रतिरोध रणनीतिको वकालत गर्दै आएको छ । हर्मुजको जलमार्गमा भएको अवरोधले इरान निरन्तर आक्रमणको रणनीतिक लागतबारेमा विश्वलाई सम्झाउन चाहन्छ । अझ भन्नुपर्दा नयाँ सर्वोच्च नेताले ट्रम्पलाई उनका केही नीति निर्माताले चुपचाप आशा गरिरहेको सजिलो निकास दिने सम्भावना कम छ ।
इरानको राजनीतिक संस्कृतिमा सर्वोच्च नेताको हत्याले एउटा प्रतिक्रिया माग गर्छ, गर या मर । छिट्टै पछि हट्दा स्वदेशमा मोजतबाको वैधता कमजोर हुने र शासनलाई आधार बनाउने कट्टरपन्थी संस्थाहरूमा उनको पकड कमजोर हुने जोखिम छ । परिणामतः उनको नेतृत्वमा इरानले प्रतिशोधको एक रणनीति अपनाउने सम्भावना बढी हुन्छ ।
अमेरिकी भ्रमको अन्त्य : मोजतबाको नियुक्तिले इरानको राजनीतिक पदानुक्रमभित्र उत्तराधिकारभन्दा बढी सङ्केत गर्छ । यो तेहरान, वासिङटन र तेलअभिभबिचको टकरावमा अझ खतरनाक चरणको सुरुवातको प्रतीक हो । सबैलाई थाहा छ, बाह्य शक्तिले बिरलै उसका वास्तुकारले कल्पना गरेको राजनीतिक परिणाम उत्पादन गर्छ । बरु, यसले प्रायः कमजोर पार्न खोजेका शक्तिलाई बलियो बनाउँछ । आज तेहरानमा मोजतबाको उदयले ठ्याक्कै त्यही गतिशीलतालाई मूर्त रूप दिन्छ । एक कट्टरपन्थी मोजतबा अब दबाबमा झुक्नेछैनन् । युद्धबाट बाहिर निस्कने एक मात्र उपाय आत्मसमर्पण गर्नु वा युद्धविरामका लागि जानु हो । तर, मोजतबाको नेतृत्वमा यो असम्भव छ । बरु, इरानले आफ्नो प्रतिशोधलाई अझ कडा र पीडादायी बनाउने सम्भावना छ । हामी पहिल्यै, भारी प्रतिबन्धका बाबजुद तेलअभिभ, जेरुसेलम, दुबई, कतार, कुवेत र साउदी अरेबियामा विनाशका तस्बिर देख्न सक्छौँ । इरानका छिमेकीले बढ्दो चिन्तासाथ विकसित सङ्कटलाई हेरिरहेका छन् ।
(अहमद एनडीटीभीका स्तम्भकार हुन् ।) एनडीटीभीबाट
Leave a Reply