नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
बा मलाई माफ गरिदेऊ
साथीभाइको लहैलहैमा लागेँ म
सामाजिक सञ्जालमा भुलेँ म
सुत्दानी मोबाइल
उठ्दानी मोबाइल
खाना खान्दानी मोबाइल
एकान्त कोठामा बसी चलाउँछु मोबाइल
मेरो दिमागमा नै मोबाइल !
बा मलाई माफ गरिदेऊ
भदौ २३/२४ को घटनाकै यादले
पुराना पुराना भन्दा भन्दै
नयाँको हल्लैहल्लामा फसेँ
मेरा पथप्रदर्शक गुरूहरूलाई बिर्सेँ
मेरा बुबालाइ बिर्सेँ
देश र जनताको निःस्वार्थ
सेवा गर्ने सिद्धान्त, विचार नै
त्यागेँ !
बा मलाई माफ गरिदेऊ
सिद्धान्त र विचारबिनाको
हुलहुज्जतमा फसेँ म
बाजे, बज्यै, आमा, दिदीलाई
कर जोर गरँे हठी दिएँ
बालाई नभन्नु यो बेला भनी
बुबाको आदर्शलाई कुनामा थन्क्याएँ
अदृश्य परिवर्तन चाहेर ।
बा मलाई माफ गरिदेऊ
दूध पोखरी बनाउने कथाझँै
हाम्रो परिवारको २/४ जनाले
केही फरक नपर्ला भनी
जबरजस्ती गरिछाडँे ।
बा मलाई माफ गरिदेऊ
बुबाको सङ्घर्षशील भावना
उहाँको त्याग, तपस्या र योगदान बिर्सेँ
नयाँ नयाँ भन्दै साम्राज्यवादका
कठपुतली रोजेँ
भ्रष्टाचारीहरूलाई साथ दिएँ
हत्यारा बलात्कारीलाई काँध थापेँ
आज पश्चिमा हावाहुरीसँगै
बाँढीले झैँ बगाउँदै लगे ।
बा मलाई माफ गरिदेऊ
आजको परिणामले मलाई
पश्चातापको आगोले पौल्दै छ
आफ्नै बुबा अगाडि बस्न डराउँदै छु
रातमा निदाउन सकिनँ
खाना खान रूच्दैन
पढ्न बसे ध्यान जाँदैन
सत्य सेवाका अग्रणी बुबाले
अँगाल्छ कि अँगाल्दैन भनेर सोचिरहन्छु ।
बा मलाई माफ गरिदेऊ
कोटी कोटी बिन्ती गर्छु बा
बाटो बिराएको छोरालाई
सही बाटोमा दोहो¥याउनुस् बा
म पनि तपार्इँजस्तै देशभक्त
जनसेवी बन्न चाहन्छु
मेरो मनको आँखा खुलेको छ बा
बा मलाई माफ गरिदेऊ ।
Leave a Reply