कृष्णभिर नेपालका शिखर प्राविधिक र सरकारलाई नैतिक चुनौती
- भाद्र २७, २०८३
भक्तपुर, ७ चैत । प्रभात सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको ४४ औँ स्थापना दिवसको अवसरमा शनिबार ब्यासीमा ज्येष्ठ नागरिक सम्मान, प्रशंसापत्र वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले एक समारोहबिच सो कार्यक्रमको उद्घाटन गर्नुभयो ।
उहाँले भन्नुभयो, “चुनाव नतिजाबारे हाम्रा साथीहरूले चित्त दुखाइरहनुभएको छ । केहीले हाम्रा संस्था र त्यसका कर्मचारी एवम् जनप्रतिनिधिहरूको व्यवहार शिष्ट नभएको बताए । हाम्रा साथी र कर्मचारीहरूले सेवक बनेर जनतासँग आदर र सम्मानपूर्ण व्यवहार गर्नु आवश्यक छ ।”
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “भीमसेन थापाले बेलायती साम्राज्यवादसँग लड्न फ्रान्सको सहयोग नेपाली सेनालाई तालिम दिएपछि बेलायती सरकारले नेपालका दरबारका ठुला पदाधिकारीलाई घुस खुवाएर भीमसेन थापाको हत्या गराएको थियो । भीमसेन थापाले आत्महत्या गरेका होइनन् ।”
अमेरिका र भारत नमिलिकन सिंहदरबार, सर्वाेच्च अदालत, संसद् भवनजस्ता ठुलठुला सम्पदाहरूमा एकैदिन एकै समयमा एकै पटक आगजनी गरेर खरानी पार्न नसक्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देशका नदी नालाहरू सरकारले विदेशीको हातमा दिएर देशघाती काम गरेको चर्चा गर्नुभयो ।
चुनावमा हारजित हुने उल्लेख गर्दै उहाँले देश, जनता र न्यायको निम्ति नेमकिपा लडिरहने बताउनुभयो ।
सरकारमा गएकाहरूले नेपालीलाई विदेश पठाएकाहरूले नेपालमा आमाबुबालाई रोएर फोन गरी हाम्रो विपक्षमा मत हाल्न लगाएको उल्लेख गर्दै उहाँले चुनावको नतिजा मुख्य होइन देश र जनताको हितमा सङ्घर्ष नै मुख्य हुने बताउनुभयो ।
अङ्ग्रेजले तिब्बत आक्रमण गर्न नेपालीलाई नै जासुस बनाएको उल्लेख गर्दै उहाँले अहिले पनि चीनमा हमला गर्न नेपालमा अमेरिकी सेना आउने र नेपाली सेनालाई लड्न पठाउनेतर्पm नेपाली जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अमेरिका र भारत मिलेर बनाइने अहिलेको सरकार देश र जनताको हितमा नहुने उल्लेख गर्दै उहाँले गर्मीसँगै लामखुट्टेबाट बच्न झुल राखेजस्तै सङ्घर्ष गर्न तयार हुनुपर्ने बताउनुभयो ।
हिजो सरकारमा गएका नेका, एमाले, माओवादीका एकतिहात्न्दा बढी नेताहरू देशघाती भएको हुँदा देश ध्वस्त भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा थप अप्ठेरो आउने र सङ्घर्ष गर्नुपर्ने उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रेम सुवालले विद्यालय तहको शिक्षा राम्रो भए विश्वविद्यालयको शिक्षा पनि राम्रो हुने उल्लेख गर्दै भक्तपुरलाई सफा, सांस्कृतिक नगरसँगै पर्यटकीय गन्तव्यस्थल बनाउन नयाँ पुस्तालाई राम्रो शिक्षा अपरिहार्य भएको स्पष्ट बताउनुभयो ।
उहाँले विद्यार्थीको शैक्षिक स्तर बढाउन र व्यक्तित्व विकास गर्न विद्यालयले सङ्गीत, चित्रकला, खेलकुद, स्काउट, नृत्य, प्रशिक्षण तथा विभिन्न भाषा सिकाइमा जोड दिनुपर्ने उल्लेख गर्दै अमेरिकी र इजरायली सरकार मिलेर इरानमा आक्रमण गरेको कारण विश्वमा तेल र ग्यास महँगो भएको र खाद्यान्न अभाव भएको औँल्याउनुभयो ।
उहाँले नेपालका नदीनालाबाट नेपालीकै लगानीमा पर्याप्त विद्युत् उत्पादन गरिएको भए देश आत्मनिर्भर बनाउन मद्दत पुग्ने बताउनुभयो ।
देशका मुख्य–मुख्य नदीनालाहरू टनकपुर, महाकाली, कर्णाली आदि भारतलाई दिएको हुँदा नेपालले भारतसँग महँगोमा बिजुली किन्नु परेको उल्लेख गर्दै उहाँले सरकारहरू देशलाई ऋणमा डुबाउने र सरकारी कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिइरहेको बताउनुभयो । इरान, भेनेजुयलाजस्ता देशले अमेरिकी कम्पनीलाई तेल र ग्यास नदिएको कारण अमेरिकाले आक्रमण गरेको उल्लेख गर्दै उहाँले अमेरिकी आक्रमणको अमेरिकालगायत विश्वका जनताले विरोध गरिरहेको बताउनुभयो ।
युद्धको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “अब आउने नेपालका सरकारले राम्रो काम नगरेमा जनताले विरोध गर्नेछन् ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं प्रदेशसभा सदस्य सिर्जना सैँजुले विद्यालयबाटै विद्यार्थीले संस्कार, संस्कृति, सद्भाव र सहयोगको भावना सिक्ने उल्लेख गर्दै शिक्षा अध्ययन व्यक्तिवादी प्रवृत्ति विकास गर्न होइन भन्नुभयो ।
पुरानो पुस्ताको अनुभव, सीप र मार्गनिर्देशबाट नयाँ पुस्ताले देश सम्हालेर नमुना काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अग्रजहरूको योगदानले नै नयाँ पुस्ता सभ्य र सुसंस्कृत समाजमा जीवन जोहो गर्न पाउने अवसर मिलेको बताउनुभयो ।
शिक्षा वैज्ञानिक र व्यावहारिक भएन भने असल र अनुशासित नागरिक तयार नहुने उल्लेख गर्दै उहाँले विद्यालय शिक्षा खोजमूलक र अनुसन्धानमूलक नहुनु चिन्ताको विषय हो भन्नुभयो ।
रसायनशास्त्री डाक्टर कान्ति श्रेष्ठले सन्तुलित खानाको महत्वबारे प्रकाश पार्दै नेवारी समुदायमा खाने भोज र सम्हेबजी विज्ञानको हिसाबले सन्तुलित भएको बताउनुभयो ।
बालबालिकाले मोबाइल, एयरफोन चिन्ने तर संस्कार र संस्कृति नचिनेकोमा चिन्ता व्यक्त गर्दै उहाँले हामीले खाने अनेक खानाका परिकारमा शरीरलाई ऊर्जा दिने, स्वस्थ बनाउने मात्र होइन विषाक्तबाट बचाउने तत्व पनि रहेको सविस्तार गर्नुभयो ।
विद्यालयका प्राचार्य बदनकेसरी प्रजापतिले विद्यालयले गरिरहेको गतिविधि र कार्यक्रमबारे प्रकाश पार्दै विद्यार्थी र शिक्षकहरूको व्यक्तित्व विकास गर्न विभिन्न प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले विद्यालयबाट प्रकाशित स्मारिका पनि विमोचन गर्नुभयो । सो अवसरमा चिनियाँ भाषाका प्रशिक्षक पिङ छ्याङ छ्याङले चिनियाँ भाषा र विद्यालयले गरेको उल्लेखनीय कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँ, अतिथि तथा समाजका शिक्षासेवी, अगुवा, समाजसेवीहरूले भनपा वडा नं. २ र ६ का ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नुभएको थियो । त्यस्तै विद्यालयमा १० वर्ष, २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका शिक्षक एवं कर्मचारीलाई प्रशंसापत्र वितरण तथा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूको गीत, नृत्य प्रस्तुत गरिएको थियो ।
अभिभावक र शिक्षिकाहरूको नृत्यसमेत रहेको सो कार्यक्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले धन्यवाद व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा अनिता न्हुछे र मनिता थापाले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
समारोहमा तेक्वान्डो पनि प्रदर्शन गरिएको थियो । त्यस्तै गीत, नृत्य आदि देखाइएको छ ।
Leave a Reply