क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
हिजोआज हामीलाई आफ्ना नेताहरूसँग मात्रै होइन, जनसङ्ख्याको ठुलै तप्कादेखि डर लाग्न थालेको छ । यति नै बेला सडक, कक्षाकोठा र कयौँ सार्वजनिक स्थानहरूमा क्षुद्रतालाई दैनन्दिनको सामान्य विषय जस्तै बनाइएको छ । वास्तवमा भारतको संविधानलाई किनारा लगाइएको छ । भारतीय दण्ड संहिता पुनः लेख्न थालिएको छ । वर्तमान सत्ताधारीहरूले सन् २०२४ को निर्वाचनमा बहुमत हासिल गरे भने सम्भवतः हामीले नयाँ संविधान हेर्न पाउने छौँ । के पनि सम्भव छ भने जेलाई हामी परिसीमा भन्छौँ त्यो पनि भत्किने छ । हुनसक्छ, यसैको प्रयोग गरेर भाजपाको जनाधार भएको उत्तर भारतको हिन्दीभाषी राज्यहरूमा संसदीय सिट बढाइने छ ।
दक्षिणका राज्यहरूमा यसले ठुलो असन्तोष पैदा गर्नेछ । यो कदमले भारतलाई एउटा त्यस्तो देशमा परिणत गरिदिनेछ, जहाँ छुट्टा–छुट्टै राज्यबिच चिसोपना र द्वन्द्वले निश्चित आकार ग्रहण गर्नेछ । यिनीहरू निर्वाचनमा पराजित हुने सम्भावना निकै न्यून छ । तर, उनीहरू पराजित भए पनि आफूलाई श्रेष्ठ ठान्ने भावको विष गहिरोगरी तलसम्म पुगिसकेको छ । यसले ‘चेक एन्ड ब्यालेन्स’ बनाइराख्ने प्रत्येक सार्वजनिक संस्थालाई पङ्गु बनाइदिएको छ । हाल एउटा कमजोर र पङ्गु बनाइएको सर्वोच्च न्यायालय बाहेक निगरानी र अङ्कुश लगाई राख्ने कुनै पनि संस्था बाँकी छैनन् । पछिल्ला दुई दशकमा खुला बजार, फासीवादी अभ्यास र तथाकथित स्वतन्त्र प्रेसको गठजोडमा भारतलाई यस्तो ठाउँमा पु¥याइएको छ, जसलाई कुनै पनि मूल्यमा लोकतान्त्रिक भन्न सकिँदैन ।
गत जनवरीमा भएका दुईवटा परिघटनाले यसको त्यस्तो दृष्टान्त पस्कन्छन्, जुन सम्भवतः अन्य घटनाले कहिल्यै देखाउन सक्ने थिएनन् । बीबीसीले ‘इन्डियाः द मोदी क्वेश्चन’ नाममा दुई भागमा एउटा डकुमेन्ट्री सार्वजनिक ग¥यो र त्यसको केही दिनपछि अमेरिकाको सानो कम्पनी हिन्डनबर्ग रिसर्चले एउटा प्रतिवेदन प्रकाशित ग¥यो । हिजोआज यसलाई ‘हिन्डनबर्ग रिपोर्ट’ भन्ने गरिन्छ । हिन्डनबर्ग रिसर्चको विशेषज्ञता ‘एक्टिभिस्ट शर्ट शेलिङ’ मा छ । उनीहरूले भारतको सबैभन्दा ठुलो कर्पोरेट कम्पनी अडाणी समूहको छक्कै पार्ने खालको उच्चस्तरको ठगीलाई सबैसामु उजागर गरिदिए । बीबीसी–हिन्डनबर्गको मामिलालाई भारतीय मिडियाले यसरी प्रस्तुत गरे मानौँ यो भारतको ट्विन टावरमाथि गरिएको हमलाभन्दा कम थिएन । यी ट्विन टावर हुन्, प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका लागि सबैभन्दा ठुला उद्योगपति गौतम अडाणी । अडाणी हालसम्म संसारका तेस्रा सबैभन्दा धनी भारतीय व्यक्तिमध्ये पर्छन् । यी दुवैविरुद्ध लगाइएको आरोप हलुका खालका थिएनन् ।
बीबीसीको डकुमेन्ट्रीले गुजरातको सामूहिक कत्लेआममा मोदीको सहभागिता थियो भन्नेतर्फ सङ्केत गर्छ । हिन्डनवर्ग रिपोर्टले अडाणीमाथि ‘कर्पोरेट इतिहासकै सबैभन्दा ठुलो ठगी’ गरेको आरोप लगाएको छ । गत ३० अगस्टका दिन द गार्जियन र फाइनान्शियल टाइम्सले अपराधको सबूत स्थापित गर्ने गरी दुईवटा दस्तावेजका आधारमा लेख प्रकाशित ग¥यो । ती रिपोर्ट अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी) ले गरेको थियो ।
यसमा पनि हिन्डनबर्ग रिपोर्टलाई थप पुष्टि गरिएको छ । भारतका अनुसन्धान निकायहरू र धेरैजसो भारतीय मिडिया संस्थानहरू यी तथ्यहरूको अनुसन्धान गर्न सक्ने वा यी लेखहरू प्रकाशित गर्न सक्ने अवस्थामै छैनन् । जब अन्तर्राष्ट्रिय मिडियाले यस्ता सामग्री प्रकाशित गर्छन्, त्यसपछि निस्सारताले परिपूर्ण आक्रामक राष्ट्रवादको वर्तमान धरातलमा यसलाई सम्प्रभुतामाथिको प्रहार हो भन्न सजिलो भइजान्छ ।
मोदी सरकारले यसमाथि प्रतिबन्ध लगाइदिएको छ । प्रत्येक सामाजिक सञ्जालका प्लेटफर्महरूले प्रतिबन्धलाई पूर्ण रुपमा स्वीकारेका छन् र उपलब्ध सबै लिङ्क तथा सन्दर्भहरू मेटाइदिएका छन् । डकुमेन्ट्री रिलिज भएको हप्ता दिनमै बीबीसीको कार्यालयलाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो र राजश्व अनुसन्धान विभागका अधिकारीहरूले ती कार्यालयमा छापा मारे ।
गौतम अडाणी संसारका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन् तर तपाईंले निर्वाचनका बेलामा भारतीय जनता पार्टीको तडक–भडक हेर्नुभयो भने भारतको मात्रै होइन संसारकै सबैभन्दा धेरै धनी राजनीतिक दल भाजपा भएको चाल पाउनु हुनेछ । भाजपाले सन् २०१६ मा निर्वाचन बोन्ड योजना लागू ग¥यो । यसले कर्पोरेट कम्पनीहरूले आफ्नो पहिचान सार्वजनिक नगरिकनै राजनीतिक दलहरूलाई ‘कर्पोरेट फन्ड’ उपलब्ध गराउन सक्ने अनुमति दियो । हालसम्म भाजपा सबैभन्दा धेरै ‘कर्पोरेट फन्डिङ’ हासिल गर्ने पार्टी हो । लाग्छ, ट्विन टावरको नाभी एकै ठाउँमा जोडिएको छ ।
जसरी मोदीलाई चाहिएको बेला अडाणी उनीसँगै उभिएका थिए, मोदी सरकार पनि अदाणीसँगै उभिएको छ । र, यिनले संसदमा विपक्षद्वारा सोधिएको एउटा प्रश्नको पनि जवाफ दिन उपयुक्त ठानेनन् । यो अवस्था कहाँसम्म पुगेको छ भने उनीहरूले विपक्षका सांसदको भाषण संसद्को रेकर्डबाट समेत मेटाइदिएका छन् ।
एकातर्फ भाजपा र अदाणीले आ–आफ्नो भागको कुस्त सम्पत्ति कुम्लयाएका छन् भने अर्कोतर्फ अक्सफामको प्रतिवेदनले भारतको जनसङ्ख्याको उपल्लो १० प्रतिशत मानिससँग देशको कुल सम्पत्तीको ७७ प्रतिशत रहेको सार्वजनिक गरेको छ । सन् २०१७ सृजना भएको कुल सम्पत्तीको ७३ प्रतिशत सबैभन्दा धनी १ प्रतिशत मानिसको हातमा सङ्कुचित हुन पुगेको छ । जबकि भारतको सबैभन्दा गरिब ६७ करोड अर्थात आधा भारतीयको सम्पत्ति जम्मा १ प्रतिशतले वृद्धि भएको छ ।
विश्वभर भारतलाई एउटा विशाल बजार भएको आर्थिक शक्तिका रुपमा चिन्ने गरिन्छ तर वास्तविकता के हो भने भारतको अधिकांश जनसङ्ख्या पूर्णतयाः बर्बादोन्मुख गरिबीमा बाँच्ने गर्छ । लाखौँ मानिस गुजारा चलाउनको लागि उपलब्ध गराइने खाद्य थैलोको भरमा जिउन अभिसप्त छन् । त्यही थैलोमा पनि मोदीको अनुहार छापेर वितरण गरिन्छ । भारत– निकै गरिब जनताको निकै धनी देश हो । संसारको सबैभन्दा असमानता भएको समाजहरू मध्ये एक ।
अक्सफाम इन्डियाले पनि आफ्नो परिश्रमको फल पायो । उनीहरूको कार्यालयमा छापा मारियो । सरकारका लागि अवरोध खडा गर्ने एमेनेस्टी इन्टरनेशनल र अन्य केही गैरसरकारी सङ्गठनहरूलाई त कतिसम्म दुःख दिइयो भने उनीहरूले भारतमा काम गर्नै छाडे । यी कुनै पनि विषयले पश्चिमी लोकतन्त्रका नेताहरूलाई छोएन । हिन्डनबर्ग–बीबीसी मामिलाको केही दिन भित्रै ‘न्यानोपन र उपयोगी’ बैठकसँगै प्रधानमन्त्री मोदी, राष्ट्रपति जो बाइडेन र राष्ट्रपति इमानुएल म्याक्रोँले भारतले बोइङ र एयरबस हवाइजहाज किन्न सहमत भएको घोषणा गरे ।
बाइडेनले दुई देशबिच भएको व्यापार सम्झौताबाट १० लाखभन्दा धेरै अमेरिकीले रोजगारी पाउने बताए । एयरबसमा रोल्स रोयसको इन्जिन हुनेछ । “ब्रिटेनको उदाउँदो विमान निर्माण क्षेत्रका लागि आकाश नै सीमा हो,” ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकले भने ।
जुलाईमा मोदीले अमेरिकाको राजकीय भ्रमण गरे र राष्ट्रिय दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा फ्रान्स गए । के तपाईंं यसमा विश्वास गर्न सक्नुहुन्छ ? बाइडेन र म्याक्रों बडो शर्मनाक ढङ्गले मोदीको चाकडी गरिरहेका थिए । जबकि उनीहरूलाई राम्रैसँग के थाहा छ भने सन् २०२४ को चुनाव प्रचारमा यसले मोदीलाई बरदानको काम गर्नेछ । जुन व्यक्तिलाई उनीहरू अङ्गालोमा बेरिरहेका छन्, यसबारे उनीहरूले थाहा पाउनुपर्ने त्यस्तो केही बाँकी छैन ।
जतिबेला उनीहरू मोदीसँग अङ्गालो मारिरहेका थिए, ठ्याक्कै त्यति नै बेला उत्तर भारतको एउटा सानो गाउँबाट मुसलमानहरूले आफ्नो घर छोडेर भाग्नु परेको थियो भन्ने उनीहरूलाई पक्कै थाहा थियो । ‘मुसलमान–मुक्त’ उत्तराखण्डको चर्चा खुलेआम भइरहेको छ । उनीहरूलाई थाहा थियो होला– मोदीको शासनकालमा भारतको पूर्वोत्तर राज्य मणिपुर बर्बर गृहयुद्धको आगोमा जलिरहेको छ । त्यहाँ एक प्रकारको नश्लीय सफाया नै गरिएको छ । सुरक्षा संस्थानहरू सुस्पष्ट रुपमा दुई खेमामा विभाजित छन् । एकातर्फ प्रहरी छ त अर्कोतर्फ व्यवस्था शुन्य छ । इन्टरनेट बन्द छ । समाचार चुहिएर आउन हप्तौँ लागिरहेको छ ।
यति हुँदा पनि संसारका शक्तिशालीहरू मोदीलाई त्यो सबैथोक उपलब्ध गराइरहेका छन्, जुन उनलाई भारतको सामाजिक तानाबाना बर्बाद गर्नका लागि र जलाउनका लागि चाहिन्छ । मलाई सोध्नुहुन्छ भने यो एक प्रकारको नश्लवाद हो । यी शक्तिहरू लोकतान्त्रिक भएको दाबी त गर्छन तर ती नश्लवादी छन् । उनीहरू जुन ‘मूल्य–मान्यता’ मान्छौँ भनेर दाबी गर्छन्, त्यो अश्वेत देशहरूमा लागू हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन् ।
तर, यसले केही फरक पर्दैन । हामीहरू आफ्नो लडाईं लड्ने छौं र अन्ततः आफ्नो देशलाई पुनः प्राप्त गर्नेछौँ । भारतको लोकतन्त्रलाई टुक्रा–टुक्रा पार्दा यसले संसारमा केही असर पर्दैन भनेर उनीहरू सोच्छन् भने यो निश्चित रुपमा खयाली पुलाउ पकाएजस्तै हो ।
हामी एउटा भिन्न परिस्थितिमा पुगिसकेका छौं भनेर भन्दै गर्दा खासमा मैले यसैबारे कुरा गरिरहेकी थिएँ। चेतावनीको समय सक्किसकेको छ र हामीलाई आफ्नै जनताको एउटा हिस्सासँग त्यति नै डर लाग्न थालेको छ जति आफ्ना नेताहरूसँग ।
यस विषयमा कुरा गर्नका लागि भारतीय प्रधानमन्त्रीसँग कुनै शब्द छैनन् । यो निर्वाचनको मौसम हो र आगामी मे सम्ममा निर्वाचन भइसक्छ । त्यसैले यो सबै चुनावी अभियानको अंश हो । हामी झनै धेरै रगतको होली, सामूहिक हत्या, षड्यन्त्रपूर्ण झुठा हमला, नक्कली युद्ध र त्यस्ता प्रत्येक घटनाका लागि तयार छौँ, जसले पहिलेदेखि नै विभाजित समाजलाई झनै विभाजित बनाइदिनेछ ।
भारतमा जे हुँदै छ, त्यो सामान्य इन्टरनेटमा चलाइएको फासीवाद होइन । यो धरातलीय वास्तविकता हो । हामी नाजी भइसकेका छौँ – हाम्रा नेताहरू मात्रै होइनन्, हाम्रा टीभी च्यानल र अखबार मात्रै होइनन्, हाम्रो जनसङ्ख्याको व्यापक हिस्सा नै नाजीवादी भइसकेको छ । अमेरिका, युरोप र दक्षिण अफ्रिकामा बसोबास गर्ने व्यापक हिन्दू समुदायले राजनीतिक र भौतिक रुपमा फासीवादलाई सघाईरहेको छ । आफ्नो अन्तस्करण, आफ्ना केटाकेटीको अन्तस्करण र आफ्ना केटाकेटीका पनि केटाकेटीको अन्तस्करणका लागि हामी उठ्नैपर्ने हुन्छ । हामी सफल हुन्छौँ कि असफल त्यसले धेरै माने राख्दैन ।
सन् २०२४ मा मोदी विजयी भए भने असहमतिका सबै मार्ग बन्द गरिनेछन् । यो हलमा उपस्थित तपाईंहरूमध्ये कसैले पनि जे भइरहेको छ, त्यसबारे मलाई थाहा थिएन भनेर ढोंग गर्न मिल्दैन ।
एउटा लेखकले आफ्नो लेखनले संसारै बदल्न सक्छु भन्नु आफैमा अलिकति अशिष्ट, उदण्ड र मूर्खतापूर्ण पनि सुनिन सक्छ । तर, उसले अलिकति प्रयाससमेत पनि गरेन भने साँच्चै दुःखद हुनेछ ।
(अरुन्धती रोयले ‘युरोपियन एस्से प्राईज फर लाईभ टाइम एचीभमेन्ट’ स्वीकार गर्न स्विजरल्यान्ड गएको बेला दिएको मन्तव्य ।)
Leave a Reply