संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा
- चैत्र ३०, २०८२
केही दिनदेखि राजनीतिक हानथाप, हुलहुज्जत तथा देश विदेशका खेलकुदका समाचारहरूले युवाहरूलाई उद्वेलित पारिरहेका छन् । यस्ता एकोहोरो प्रचारबाजीले साधारण पाठकलाई नुन नपुगेको दाल तरकारी खाएजस्तो अनुभव भएको छ । पाठकहरू आपसमा छलफल गर्न थालेका छन् कि कुन दैनिक राम्रो, कुनमा नयाँ–नयाँ विषय पढ्न पाइन्छ ? भनेर । सबैले शनिबारको अङ्कको सम्झना गरे तथा सबैले टाउको हल्लाउँदै स्वीकारे ।
तर, एकजना ग्राहकले शनिबार अङ्क कहीँकहीँ टुट्ने वा नआउनेबारे गुनासो गरे । पानी पर्दा, बाटोमा जाम हुँदा वितरकले ग्राहकहरूतिर पुग्दा १० बजिसक्ने हुँदा पत्रिका नलगे पनि हुने अड्कल गरे होलान् । अरू बारको अङ्क हेरी शनिबार अङ्क मात्रै किन नहेर्ने ? वितरक भाइहरूले साहित्य, जीवनी र अन्य विषय हेरी मनोरञ्जन र जानकारी पाऊन् भनेर नल्याएका पो हुन् कि ? तर, एकजना महाशयले हिजो अस्ति छ–सात कक्षा पढ्ने भाइहरू आज स्नातक र एम.ए. गरेका विद्यार्थी र लेक्चरर भइसकेका हुँदा एकदिन सुस्ताउन र आफ्नो पत्रिकाको आफै पाठक बनेका होलान् भन्ने पनि अड्कल काटे ।
जेहोस् समाचारपत्र समयमै पढ्न पाउनु र देशविदेशको समाचार पढ्दै चियापान गर्दा मनचङ्गा मान्ने र जानकारी राख्न चाहने जिज्ञासु मनलाई शान्त र आनन्द पनि अनुभव हुने भयो । चुरोट र जाँड–रक्सी खाएर अन्य लागू पदार्थ खाएर आनन्द लिनेहरूले भन्दा समाचारपत्र एवम् अन्य पत्रपत्रिका र पुस्तक हेरेर मनोरञ्जन लिने तथा देशविदेशको नयाँ जानकारी लिएर आनन्द लिनेहरू तुलनात्मकरूपले राम्रो पाठक सम्झनु उचित होला भन्ठान्छु – एक ज्येष्ठ नागरिकले प्रकट गरे ।
७ चैतको ‘अन्नपूर्ण पोस्ट’ को शनिबार अङ्कबारे एक पाठकले ‘फुर्सद’ पृष्ठको ‘विश्व क्यानाभास’ मा सांस्कृतिक ‘इन्द्रेणी’ शीर्षकको गोपीकृष्ण ढुङ्गानाको ‘चाडपर्व’ कोलममा युरोपको स्पेनको ‘बच्चा’ माथि उफ्रने वा नाघ्ने, थाइल्यान्डको वर्षको एकपटक ‘बाँदरको भोज’, जापानको वर्षको एकपटक ‘नाकी सुमो’ अर्थात् ‘बच्चालाई रुवाउने’ पर्व र तिब्बतको ‘आकाश संस्कार’ नेपाल, तिब्बत, भुटान र मङ्गोलियामा पनि मनाउने यो चाड ‘तिब्बेती बौद्ध’ परम्परामा आधारित रहेछ ।
यसरी विभिन्न देशमा मनाइने पुराना पर्वहरूमा वैज्ञानिक दृष्टिले भन्दा अन्धविश्वास, परम्परा र नेपालको गाईजात्रा वा अन्य पर्वजस्तै फरक–फरक समयदेखि चलिआएको पर्व मानिन्छ ।
अमेरिकामा ‘अनौठो सङ्गीत’, बेलायतको एक पहाडमा प्रत्येक वर्ष मे महिना ठुलो चीज (धिके नौनी) अर्थात् दुरु खाँे – गुडाएर प्रतिस्पर्धीहरूलाई हानथाप गर्न दिने गर्छन् एक खेलजस्तो । मङ्गोलियामा चिलको प्रतिस्पर्धा र एल साल्भाडोर (मध्य अमेरिकाको एक देश) मा प्रत्येक वर्ष ३१ अगस्टको दिन आगोले पोलेको कपडा वा माटोसँग खेल पर्व मनाउँछन् । त्यस्तै दक्षिण अफ्रिका, अफगानिस्तान, दक्षिण अमेरिका, बोलिभिया आदि देशमा फरक फरक पर्व मनाउने गर्छन् भन्ने बयान पढ्दा अचम्मै लाग्छ । ‘कान्तिपुर’ को ७ चैतको अङ्क भने झण्डै ४ पृष्ठ त ‘कविता अङ्क’ जस्तै लाग्यो । अभय श्रेष्ठको ‘विश्वका महान कवि’शीर्षकमा मरेपछि नाउँ चलेका र सबैले सम्मान गरेका वाल्ट ह्वीटमान, चिलीको पाब्लो नेरुदा र अमेरिकी एक स्वच्छन्द कवि एलेन गिन्सवर्ग आदिको परिचय र चर्चा गरिएको छ – तर साह्रै छोटकरीमा । बेलायती कवि र नाटककार शेक्स्पीयर, सैलीको ‘पश्चिमी हावा’ तथा भारतका प्राचीन कवि र महाकाव्यहरूको पनि उल्लेख छ । साँच्चै भनौँ भने एक पुस्तकमा नअटाउने कविहरूका बयान र जीवनी एकतिहाइ पृष्ठबाट पाठकहरूको के धीत मर्ला र !
वासु शशीका ‘ईश्वर अब देखा परेनन्’, श्रवण मुकारुङको ‘ईश्वर मरेको छैन’ र अरू पनि कविका कविताहरूले पाठकहरूको मन र मस्तिष्कलाई तान्यो । ‘आन्दोलन डो¥याउने कविता शीर्षकमा चित्तधर हृदय, हरिभक्त कटुवाल, महानन्द सापकोटा, गोपालप्रसाद रिमाल आदिका साथै चन्द्र गुरुङका ‘कवि जसले कविता लेखेर ज्यान दिए’ शीर्षकले पनि नयाँ पाठकहरूलाई देशविदेशका पुराना कविहरूको पनि परिचय दिए ।
तर यस ‘कथा कविता’ को कोलममा सोभियत सङ्घको साहित्य र साहित्यकारहरूको हत्याबारे पूर्णरूपले गलत जानकारी लेखकले दिए । दुईजना महाकविहरूले आत्महत्या गरे सोभियत सङ्घमा, जसको कारण पश्चिमी देशहरू नै जिम्मेवार थिए । यसबारे यहाँ लेखेर टुँगिन्न ।
संयोगले २४ माघको ‘राजधानी’ को शनिबार अङ्क हात लाग्यो । ‘मिठू’ को ‘कारुणिक कथा’ को शीर्षकमा सुनिल उलकको २४ भदौ २०८२ मा दार्जिलिङमा जन्मनुभएका अरुणा लामाको जीवनी साँच्चै कारुणिक छ । कवि र लेखिका इन्दिरा प्रसार्इँको ‘थप’ ले अझ जानकारी दियो । शनिबार अङ्कहरू थप साहित्यिक रचनाहरूबाट सिंचित होस् –यही पाठकहरूको कामना हो ।
Leave a Reply