नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
हामीलाई इतिहास थाहा छ,
सङ्ख्यात्मकभन्दा गुणात्मक क्षमता बढी हुन्छ,
रावणका टाउका खरानी भएका थिए,
कौरवका घमण्ड भष्म भएका थिए ।
हाम्रै देशमा घमण्ड, अहङ्कार नटेकेको देश
राणा, पञ्चायत ढालिएको देश,
छयालिसको जनआन्दोलन जितेको देश
त्यही इतिहास बोकेको देशमा
केही घमण्डी, पञ्चायती अवशेषका शेष नागहरूले
दाइँ हाल्दा वर्तमान परिवेश
हामीलाई कामदार जनतामा विश्वास छ
जहाँ भए पनि जहिले भए पनि हाम्रा साथी बन्ने छन्
अनि जनताको प्रजातन्त्रको लागि साथ दिनेछन् ।
अनि ढल्नेछन्, विदेशी गिद्दे नजरका पिल्लरहरू
अनि ढल्नेछन् विदेशी दलालका आगामी दिनहरू ।
Leave a Reply