भर्खरै :

“१ अगस्ट” नानचाङ विद्रोह

“१ अगस्ट” नानचाङ विद्रोह

पचास वर्षअगाडि, उत्तरी युद्ध सर्दारहरूको विरोधमा कोमिनताङसँग मिलेर चिनियाँ कम्युनिस्ट पार्टीले सुरु गरेको महान् क्रान्ति असफल भएपछि अध्यक्ष माओको क्रान्तिकारी नीतिको निर्देशनमा चिनियाँ कम्युनिस्ट पार्टीले तत्कालीन पार्टी महामन्त्री भएको चेन तु स्युको दक्षिणपन्थी घुँडा टेकुवा नीतिमाथि विजय पायो र च्याङ काई सेकको ज्यानमारा हत्याकाण्डलाई सशस्त्र शक्तिबाट रोक्ने निर्णय ग¥यो ।
१ अगस्ट १९२७ को दिन कामरेड चाउ एन लाइ, चु तेह, हो लुङ, येह तिङ र ल्यु पो चेङले कोमिनताङ प्रतिक्रियावादीहरूमाथि पहिलो गोली पड्काएर नानचाङ विद्रोहको नेतृत्व गर्नुभयो । यसले युद्धमा हाम्रो पार्टीको स्वतन्त्र नेतृत्वको सुरु र क्रान्तिकारी पल्टनको निर्माणलाई जनाउँछ ।
९ सेप्टेम्बर १९२७ को दिन अध्यक्ष माओले शरद् बाली काट्ने विद्रोहलाई अगुवाइ र नेतृत्व गर्नुभयो । अनि, उहाँले विद्रोहमा भाग लिने फौजहरूलाई चिकाङ पहाडमा लैजानुभयो । त्यहाँ उहाँले पहिलो क्रान्तिकारी आधार इलाका स्थापना गर्नुभयो र गाउँले इलाकाबाट सहरहरूलाई घेरेर अन्तमा सहरहरू लिँदै देशभरिको राजनैतिक शक्ति कब्जा गर्ने क्रान्तिकारी बाटो देखाइदिनुभयो ।
१ अगस्ट १९३३ को दिन कामरेड माओ त्सेतुङको अध्यक्षतामा चिनियाँ मजदुर र किसानहरूको जनवादी गणतन्त्रको केन्द्रीय सरकारले १ अगस्टलाई हाम्रो सेनाको दिवस मनाउने प्रस्तावलाई स्वीकार ग¥यो ।
नानचाङ विद्रोह चिनियाँ कम्युनिस्ट पार्टीको मोर्चा समितिको प्रत्यक्ष नेतृत्वमा भएको थियो । कामरेड चाउ एन लाइ त्यसका सचिव हुनुहुन्थ्यो ।
त्यसबेला उत्तरी धावा बोल्ने पल्टन राष्ट्रिय क्रान्तिकारी पल्टनमा क्याङसी प्रान्तको हाम्रो पार्टीको नियन्त्रण र प्रभावमा भएका फौजी दलहरूमा खास गरेर कम्युनिस्ट पार्टीका सदस्य कामरेड येह तिङको मातहतमा रहेको एक डिभिजन, कामरेड हो लुङको मातहतमा रहेको एक पल्टन र कम्युनिस्ट पार्टी सदस्य कामरेड चु तेहको मातहतमा रहेको एक अफिसरहरूको तालिम दल र नानचाङ जनरक्षा ब्युरोको दुई सुरक्षा दल समावेश थियो ।
हो लुङ र येह तिङका फौजहरू दुवै क्याङसी प्रान्तको कियु क्योशबाट नानचाङमा एक हुन गइरहेको बेला कोमिनताङ प्रतिक्रियावादीहरूले हो लुङ र येह तिङलाई तिनीहरूको पदबाट झिक्ने उद्देश्यले लुशानमा पुग्ने एक जरुरी सन्देश पठाए । कामरेड हो लुङ, येहतिङ र येह चिन इङले परिस्थितिलाई विश्लेषण गर्न र जवाफी कार्य गर्न पोपाङ तालमा एक डुङ्गामाथि बसेर जरुरी बैठक गर्नुभयो । शत्रुको षड्यन्त्र थाहा पाएर उहाँहरू लुशान नजाने निर्णय गर्नुभयो, बरु उहाँहरूले आफ्ना फौजहरूलाई २६ जुलाईका दिन नानचाङतिर बलजफ्ती लैजानुभयो ।
२७ जुलाईको दिन कामरेड चाउ एन लाइ नानचाङ पुग्नुभयो । त्यसबेला कामरेड ल्यु पो–चेङ, पेङ पाई, निह चुङ चेन र युन ताई इङ पनि पुग्नुभएको थियो । त्यसै दिन कामरेड चाउ एन लाइ सचिव हुनुभएको कम्युनिस्ट पार्टीको मोर्चा समिति औपचारिकरूपले गठन भयो । क्याङसी होटलमा भएको त्यो बैठकको अध्यक्षता कामरेड चाउ ऐन लाइले गर्नुभएको थियो । त्यो होटलमा अहिले ‘१ अगस्ट’ नानचाङ विद्रोहको रूपरेखाबारे छलफल ग¥यो । कामरेड हो लुङ, कमान्डर छन–इफ, कामरेड येह तिङ, मोर्चाको कमान्डर इन चीफ र कामरेड ल्यु पो चेङ चिफ अफ स्टाप (मुख्य अफिसर) को रूपमा काम गर्ने गरी २८ जुलाईको दिन विद्रोहको एक केन्द्र स्थापना गरियो । त्यसपछि फौजहरूलाई वर्तमान स्थितिबारे व्याख्या गरियो र राजनैतिक तयारीको साथसाथै आवश्यक सैनिक तालिम पनि दिइयो ।
विद्रोहको निम्ति प्रारम्भिक तयारी पूरा भइसकेपछि क्रान्तिलाई विश्वासघात गर्ने र च्याङ काइ–सेकको विशेष दलाल हुने च्याङ कुओ–ताओ पार्टी केन्द्रीय समितिको प्रतिनिधि भएर नानचाङ आयो । उसले जिद्दी भएर विद्रोहलाई विरोध ग¥यो, तर कामरेड चाउ एन लाइको अगुवाइमा पार्टीको मोर्चा समितिले उसको योजनालाई बेकार बनाइदियो र अन्तमा १ अगस्टको दिन विद्रोह सुरु गर्ने निधो ग¥यो ।
नानचाङ विद्रोह १ अगस्ट बिहान सबेरै २ बजे सुरु भयो । त्यसभन्दा पहिले मोर्चा समितिको निर्णयलाई लागू गर्दै कामरेड चु तेहले कोमिनताङ नगर अध्यक्षको घरमा शत्रु फौजहरूको दुई रेजिमेन्टका कमान्डरहरू र एक रेजिमेन्टको कायममुकायम कमान्डरलाई एक भोजमा निमन्त्रणा गर्नुभयो र तिनीहरूलाई त्यही रोकिदिनुभयो । यसले सहरमा शत्रुका दुई रेजिमेन्टलाई तुरुन्तै खत्तम गर्ने परिस्थिति तयार पा¥यो ।
लडाइँको यस परिस्थितिमा शत्रुको मुख्य कार्यालयको नजिकैको एक स्कूलबाट लडाइँ सुरु गर्न कामरेड चाउ एन लाइले निर्देशन दिनुभयो । यसले विद्रोही शक्तिका लडाकु र कमान्डरहरूको साहसलाई धेरै उँचो गरिदियो । कामरेड हो लुङ र ल्यु पो–चेङ पनि लडाइँभरि नै मोर्चाको अगाडि हुनुहुन्थ्यो ।
बिहान गोली हानाहान बन्द भयो र योजना गरिएअनुसार विद्रोह समाप्त भयो । नगर शान्तिपूर्वक चालू रह्यो र पसलेहरूले सधैँजस्तै व्यापार गर्दै गए । खुसी भएका जनता छालजस्तै छिटछिटो ओइरिन थाले, विद्रोही फौजहरूलाई आफ्ना शुभकामनाहरू दिन र आ–आफ्नो सलाम पु¥याउन विद्रोही सदरमुकाममा ओइरिन थाले ।
समयको कमीले गर्दा, नानचाङ नजिकैको माहौलिङ रेल्वे स्टेसनको डिभिजनका कामरेडहरूलाई विद्रोहको ठीक समयको सूचना पुगेन । पहिलो अगस्टको बिहान मोर्चा समितिले त्यस डिभिजनमा कामरेड निह चुङ चेनलाई पठायो । उहाँले यस डिभिजनको एक रेजिमेन्टलाई विद्रोहमा सङ्गठित गर्नुभयो । उहाँको कोसिसले शत्रु फौजलाई सफलतापूर्वक पछाडि धकेल्दै त्यस डिभिजनको दुई अरू रेजिमेन्टका थुप्रै फौजसँग त्यो रेजिमेन्ट नानचाङभित्र पस्यो र भोलिपल्ट अरू विद्रोही सैनिक दलहरूको शक्तिसँग मिल्यो ।
नानचाङ सहरलाई विद्रोही शक्तिले कब्जा गरेको दिन, ‘नानचाङ मिंको’ दैनिकले अरू सँगै कामरेड माओ त्सेतुङले पनि सही गर्नुभएको ‘केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको घोषणापत्र’ छाप्यो । त्यो घोषणापत्र कोमिनताङ प्रतिक्रियावादीहरूको विरोधमा ती कम्युनिस्ट पार्टीका सदस्यहरू र त्यसबेलाका कोमिनताङ केन्द्रीय कार्य समितिका सदस्यहरूमध्येका वामपन्थी कोमिनताङ सदस्यहरूको सङ्घर्षको आह्वान थियो । त्यसमा भनिएको थियो – ‘च्याङ काइ सेक र वाङ चिङ वेइले क्रान्तिलाई विश्वासघात गरे र ‘उहान र नानकिङका कोमिनताङ भनाउँदा सरकारहरू नयाँ युद्ध सर्दारहरूको ज्यावल भइसकेका छन्’ र ‘राष्ट्रिय क्रान्तिका अपराधीहरू’ भइसकेका छन् । त्यस दस्ताबेजमा क्रान्तिमा किसानहरूको ठूलो भूमिकाको पूरा स्थान दिएर घोषणापत्रले साम्राज्यवाद र नयाँ र पुराना युद्ध सरदारहरूलाई उल्टाएर फ्याक्न, खेतको समस्या सुल्झाउन र रुससँग मैत्री, कम्युनिस्ट पार्टीसँग सहयोग र मजदुर र किसानहरूलाई सहायता गर्ने तीन महान् नीतिहरूलाई उँचो उठाउन आह्वान गरेको थियो । ‘यी नीतिहरूलाई लागू गर्न दृढतापूर्वक लड्न’ आह्वान पनि गरिएको थियो ।
नानचाङ विद्रोहको विजयपछि, मोर्चा समितिले कोमिनताङ केन्द्रीय कार्य समितिका सदस्यहरू र विभिन्न प्रान्त, इलाका र विशेष नगरपालिका र समुद्रपारका केन्द्रका प्रतिनिधिहरू भएको एक संयुक्त बैठक बोलाइयो । त्यसमा कम्युनिस्ट पार्टी र कोमिनताङका वामपन्थी सदस्यहरू दुवैले भाग लिएका थिए । सभामा सबभन्दा पहिले कामरेड येह तिङले नानचाङ विद्रोहबारे एक रिपोर्ट दिनुभयो, त्यसपछि ‘संयुक्त बैठकको घोषणा’ र ‘पहिलो अगस्टको विद्रोहको घोषणा’ बारे छलफल गरिए र स्वीकार भयो ।
कम्युनिस्ट पार्टीका सदस्यहरू नेतृत्वको खम्बा भई वामपन्थी कोमिनताङहरूसमेत राखेर चीनको कोमिनताङको एक क्रान्तिकारी समिति चुनियो । त्यो क्रान्तिकारी समिति चाउ ऐन–लाई, तेह, चु सुन चिडलिङ, होलुङ, येह तिङ, युन ताई यिन, हो स्याङ निन् र को–मो–रोसहित २५ जवान सदस्यहरूबाट बनेको थियो ।
मोर्चा समितिको नेतृत्वमा विद्रोही फौज र विद्रोहमा भाग लिएका मजदुर र किसानहरू, बन्दी बनाइएकाहरूसमेत गरी जम्मा ३९ हजार मानिसहरूलाई तीनवटा पल्टनमा एक मोर्चा सेनाअन्तर्गत सङ्गठित गरियो । कामरेड हो लुङ सेनापति, कामरेड येह तिङ मोर्चाको सेनापति, कामरेड ल्युपो–चेङ मुख्य सेनापति (चीफ अफ स्टाफ) र कामरेड को–मो–रो राजनैतिक विभागका निर्देशक नियुक्त गरिनुभयो ।
नानचाङ विद्रोहले कोमिनताङ प्रतिक्रियावादीहरूलाई अन्योलमा पारिदियो । च्याङ काइ–सेक हतरपतर नानकिङ, उहान र क्वाङतुङबाट नानचाङको विद्रोही शक्तिलाई मेटाउने उद्देश्यले आफ्ना क्रान्तिविरोधी पल्टनहरू जम्मा गर्न लाग्यो । क्रान्तिविरोधी शक्तिहरूबाट घेरिएर मोर्चा समितिले विद्रोही सेनालाई नानचाङबाट तानेर योजनाअनुसार क्वाङतुङमा हिँड्ने निर्णय ग¥यो ।
दक्षिणी हिँडाइमा विद्रोही सेना शत्रुको विरोधमा बहादुरीपूर्वक लडे । तर, जनतालाई सञ्चालन गर्न र सशस्त्र पार्न नसक्दा र गाउँले इलाकामा आधार इलाका स्थापना गर्न नसक्दा विद्रोही सेनाको मुख्य शक्तिले क्वाङतुङ प्रान्तमा हार भोग्नुप¥यो ।
१९२८ जनवरी महिनामा कामरेड चु तेह र चेन यीको मातहतमा रहेका बाँकी विद्रोही सेनाहरूले दक्षिणी हुनान प्रान्तमा एक विद्रोह गरे । (चेन यी उहानबाट क्याङसी प्रान्त आउनुभएको थियो र नानचाङबाट दक्षिणमा जाँदा विद्रोही सेनासँग भेट भएको थियो ।) उहाँहरू अप्रिल महिनातिर चिकाङ पहाडहरूमा कामरेड माओ त्सेतुङले नेतृत्व गर्नुभएको शक्तिहरूमा एक हुनुभयो ।
पेइचिङ रिभ्यू
५ अगस्ट, १९७७ नं. ३६
स्रोत : चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *