संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा
- चैत्र ३०, २०८२
अराजकतावादीहरूको दृष्टिकोण थियो – “एक दुईजना व्यक्तिले देश वा समाजलाई बिगार्छन् भने एक दुईजना वीरहरूले देश र संसारलाई नै बदल्छन् ।” त्यसबेला मानिसहरूले उदाहरणहरू नेपोलियन, हिटलर, मुसोलिनीजस्ता व्यक्तिहरूको नाम लिन्थे । तर, व्यवहारले देखायो – नेपोलियन घमण्डी भएर गलत कामहरू गर्दै गए । अन्ततः व्यक्तिगतरूपले बडो शारीरिक र मानसिक रूपले पीडित भई उनको मृत्यु भयो । त्यो खबर पेरिससम्म आइपुग्न दुई तीन महिना लागेको थियो ।
त्यसले हिटलर र मुसोलिनी पनि सुरुमा जिउँदा र जाग्दा देखिएका थिए तर जब व्यक्तिले इतिहास बनाउँछ भन्ने भावना उसको मनमा लाग्यो, उसको पनि पतन सुरु भयो । उनी भन्थे – “जर्मनहरूको रगत आर्यहरूको पवित्र रगत हो । यसकारण, जर्मनहरूलाई संसारलाई शासन गर्ने नैतिक अधिकार छ ।” उनले प्रजातन्त्र अर्थात् जनतालाई चानचुन सम्झे† जहाँ जहाँ जर्मनहरू छन् त्यहाँ त्यहाँ हाम्रो शासन हुन्छ भन्ने दृष्टिकोण लिए । जर्मन भाषी भएका ससाना देशहरूमाथि आफ्नो भन्दै आक्रमण गर्दा र युरोपका विभिन्न देशमा पनि हमला गर्दा मुसोलिनीको पतन सुरु भयो ।
इटालीयाली सैनिक तानाशाह मुसोलिनी कट्टर क्याथोलिक धर्ममा पक्षपाती थिए । उनले जुन जुन देशले क्याथोलिक धर्म मानेका छन् ती देश इटालीका हुन् भने अहङ्कारी र प्रजातन्त्र विरोधी व्यवहार गरे । मुसोलिनीले साम्यवादी र प्रजातन्त्रवादी नेताहरूलाई यातना दिँदै कारागारमा बन्द गरेका थिए । उनले अफ्रिकाको अवेसिनिया (इथोपिया) सम्म कब्जा गरे । आखिर उनलाई पनि मित्रशक्तिले ज्यान सजायको घोषणा ग¥यो र रोमको सडकमा उनको लास फालिएको थियो ।
त्यस्तै जापानी सैन्यवादका प्रधानमन्त्री तोजोलाई पनि उनकै बैठकमा अमेरिकी सेनाले हत्या ग¥यो । जापानी राजा संवैधानिक भएकै कारण उनी जोगिएका थिए भने कार्यकारी जापानी प्रधानमन्त्री तोजोलाई ज्यान सजाय दिइएको थियो । यदि राजालाई ज्यान सजाय गरेको भए तीन लाख जापानी जनताले हाराकिरी (आत्महत्या) गर्ने सम्भावना थियो । प्रमलाई ज्यान सजाय दिएपछि जनताको आत्महत्या रोकिएको थियो । पछि पश्चिमी शक्तिले दक्षिण पूर्वी एसियामा कम्युनिस्ट आन्दोलनलाई रोक्ने उपाय लिएको थियो ।
यसकारण, युवाहरूको नामबाट वा नयाँ पुस्ताको नामबाट हुने जुनसुकै अहङ्कार वा घमण्डले वा राज्य सत्ताको मातमा जनताको विरुद्ध गएमा ढिलो वा चाँडो त्यस्तो शक्तिको पराजय निश्चित छ ।
‘बालेन्द्र साहको नेतृत्वमा शक्तिशाली सरकार’ (नागरिक, १४ चैत २०८२), ‘अब बालेन्द्रको काँधमा मुलुकको बागडोर’ (नागरिक, १३ चैत २०८२), ‘सिंहदरबारको साँचो बालेनको हातमा’ (अन्नपूर्ण, १४ चैत २०८२) आदि शीर्षक दिएर अतिशयोक्ति गरेको देखिएको छ । देशलाई ‘बेलुन फुटाउने’ खेलाडीहरूबाट जोगाउन आवश्यक छ ।
जतिसुकै नयाँ भने पनि अन्ततः ज्येष्ठहरूको ठाउँ भोलि आजका युवाहरूले नै लिने हुन् भने युवाहरूलाई बाटो देखाउनेहरू पनि ती नै ज्येष्ठहरू हुन् ¤ मात्तिनुभन्दा गम्भीर हुनु र ‘निःस्वार्थ रूपले देश र जनताको सेवा गर्ने’ उद्देश्य राखेमा कुनै पक्षले केही गुमाउनुपर्ने छैन । हाम्रो सेवा गर्ने उद्देश्यलाई सबै मिलेर पूरा गर्ने बाटो खुल्नेछ । ‘पहिलोपटक मन्त्रिपरिषद्मा ३३ प्रतिशतभन्दा धेरै महिला सहभागिता’ (नयाँ पत्रिका १४ चैत २०८२) ले सबभन्दा ठूलो सन्देश दियो – पुराना सरकारहरूलाई । यसले थाहा हुन्छ, ‘काम’ कुराभन्दा ‘शीतल’ हुन्छ ।
निर्दलीय पञ्चायती व्यवस्थामा भूमिसुधार, विकास निर्माण र उद्योगधन्दा आदिमा राजा महेन्द्रले जतिसुकै राम्रो उद्देश्यले सुरु गरे पनि सरकारमै बस्ने सरकारी मानिसहरूले सबै निर्माण गर्ने कार्यमा आ–आफ्ना मानिसहरू पठाएर भ्रष्टाचार गर्थे । ती सरकारी मानिसहरूले पेट्रोल ट्याङ्कीको तेल बेच्न लगाएर अनेक छलकपट गरेर भ्रष्टाचार गर्थे । त्यस्तै योजनाका सामान चोर्न लगाउने र किन्न लगाउने गर्थे । ठुला ठुला बैठकमा देश विदेशका नेता र ठुलाबडाका तस्बिरहरू राखेरै भ्रष्टाचार गर्थे । प्रधानमन्त्रीकै गाडीका ड्रात्रले नै पेट्रोल चोर्थे र कसैले सोध्यो भने उनको उत्तर हुन्थ्यो – ‘तलबले मात्र परिवार पाल्न पुगेन, के गरुँ !’
सरकारकै ठुलाबडाले देशलाई धोखा नदिएसम्म र आफ्नै देशका विश्वासघातीहरू विदेशसँग नमिलेसम्म देश र जनता कहीँ पनि हार्दैन । कारण ‘रातो झन्डालाई विरोध गर्न रातो झन्डा अझ माथि उचाल्नेहरू’ कै कारण वामपन्थीहरूको पतन हुनेछ भन्ने कहावतै छ ।
Leave a Reply