भर्खरै :

जेन्युइन स्कूलमा दीक्षान्त समारोह

जेन्युइन स्कूलमा दीक्षान्त समारोह

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जेन्युइन सेकेन्डरी स्कूलको किन्डरगार्डेन सेक्सनको दीक्षान्त समारोह बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विद्यार्थीहरूको स्तरोन्नतिको निम्ति बधाई दिँंदै दीक्षित सम्पूर्ण विद्यार्थीमा शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले हरेक संस्थाले प्रगति गर्दा आप्mनो मौलिक स्वरूप अपनाउनुपर्ने बताउँदै अरुको नक्कल गर्नेहरूले आप्mनो पहिचान बनाउन नसक्ने बताउनुभयो । भक्तपुर नपाअन्तर्गत ९२ वटा विद्यालय सञ्चालित रहेकोमा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिने उद्देश्यले नगरपालिकाले अभिभावकत्व ग्रहण गरी निरन्तर प्रगतिको प्रयास गरिरहेको बताउनुभयो ।
हरेक विद्यार्थीमा कुनै न कुनै फरक गुण हुने हुँदा विद्यार्थीलाई पढाइ सँगसँगै नैतिक ज्ञानका साथै व्यवहारिक बनाउन जोड दिँदै प्रमुख प्रजापतिले भन्नुभयो, “पढाइ मात्रै ज्ञान होइन, जुनसकै विषय सिक्नु पनि ज्ञान हो ।”
उहाँले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा ज्ञान प्रदान गर्नु शिक्षकहरूको दायित्व भएको चर्चा गर्दैै अधारभूत तहमा पढ्ने विद्यार्थीहरूको जग मजबुत बनाई भोलिको सभ्य, सुसंस्कृत समाज निर्माणको लागि जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यालयका निमित्त प्रिन्सिपल राजन धौभडेलले दीक्षान्त समारोह गर्नुको मुख्य उद्देश्य स–साना विद्यार्थीहरूको मिहेनत, उपलब्धि, शैक्षिक प्रगतिलगायतका विविध गतिविधिहरूलाई अभिभावकका अगाडि हौसला स्वरूप प्रस्तुत गर्नु हो भन्नुभयो ।
उहाँले विद्यालय अक्षर चिनाउने संस्थामात्र नभई राम्रो संस्कार, सहिष्णुता, अनुशासनलगायत विद्यार्थीहरूको सर्वाङ्गीण विकासको पूर्ण जिम्मेवारी लिने संस्था पनि रहेको बताउनुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणभक्त थाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सौगात गेलाल, अभिभावक प्रतिनिधि महेश मास्के र शिक्षिका रीना तिमिलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले किन्डरगार्टेनका ५४ जना विद्यार्थीहलाई दीक्षित गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *