म भैल खः हुँ
- बैशाख ४, २०८३
रगत मासु खान पल्केको
जङ्गलका राजा सिंह
सधैँ सधैँ हुँकार गर्छ
मै हुँ यहाँको मालिक भनी ।
अरूलाई तुच्छ नै ठान्छ
जहाँ शान्त शील स्वभावहरू
माया दया प्रेम सद्भावहरू
बाँकी रहने छैन अलिकति पनि ।
म र मेरोको हठीले
अन्धो भएपछि
लोभ र घमण्डले सीमा नाघी
लड्छन् नाकै फुट्ने गरी ।
रगत मासु खाएर मोटाएकाहरू
न त दौड्न सक्छन्
न त लड्दा उठ्नै सक्छन्
कसैको सहाराबिना ।
मानव समाजको विध्वंसकारी
राक्षसी रूप लिएका
साम्राज्यवादी विस्तारवादी
आतङ्कवादीहरू
आफ्नै प्रतिरूपदेखि आक्रोशित
आफैले आफैलाई बिर्सँदा
दुःख पाएको सिंहको अन्त्य
हुँदै छ अब क्षण भरमै ।
कुसंस्कारी युद्ध पिपासुहरू
कोही बाँकी रहने छैनन्
राक्षसी रूप लिएकाहरूको
स्वच्छ एकमनको एकताले
अवश्य अन्त्य गर्नेछ ।
Leave a Reply