छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
भक्तपुर, २२ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको पार्टीको आठौँ महाधिवेशनपछिको पार्टी केन्द्रीय समितिको तेस्रो बैठक आइतबार पनि चालु रह्यो
बैठकमा अध्यक्ष बिजुक्छेँले नेमकिपा जनतालाई योग्य बनाउने विश्वविद्यालय र कलेजजस्तै भएको उल्लेख गर्दै कार्यकर्ताको देशपे्रमको भावना व्यवहारमा देखिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ताहरू जनतालाई समाजसेवी र देशभक्त बनाउन लाग्नु जरूरी छ । आलोचना र आत्मालोचनामार्फत पार्टी कार्यकर्ताहरू अघि बढ्नुपर्दछ । पार्टी कार्यकर्ताले जनतालाई नागरिक भावनाबारे सचेत पार्नुपर्दछ र निर्वाचनमा व्यक्ति होइन पार्टी उठेको सम्झेर अघि बढ्नु जरूरी छ ”
शासक दलका सांसदहरूले रातो पासपोर्ट बेच्ने, बहुमत प्राप्त दलका सरकारले भ्रष्टाचार गर्ने गरेको कारण देशमा अहिलेको सङ्कटपूर्ण अवस्था आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश र जनताको निःस्वार्थ सेवा नगर्ने तथा सही कुरा नबोल्नेहरू पार्टी कार्यकर्ता बन्न सक्दैनन् । पार्टी कार्यकर्ताहरूले अन्यायको विरोधमा सङ्घर्ष गर्नुपर्दछ ।”
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “भियतनाम युद्धमा अमेरिकी सैन्य कमान्डरहरू पनि लड्न मानेनन् किनभने त्यो युद्ध भियतनामले संरा अमेरिकालाई आक्रमण गरेको कारण भएको थिएन बरू संरा अमेरिकाले भियतनाममा आक्रमण गरेको कारण भएको थियो ।”
उहाँले साम्राज्यवादीहरूले इरानमा गरेको सैन्य हमलाको कारण विश्वमा अशान्ति सिर्जना भइरहेको उल्लेख गर्दै नेमकिपाले साम्राज्यवादीहरूको हतियार र युद्ध व्यापारको विरोध गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यकर्ताहरूलाई जाँच्ने कसी देश र जनतालाई सङ्कट परेको बेला हो । शुभलाभमा लाग्नेहरू पार्टी कार्यकर्ता बन्न सक्दैनन् । राजनीतिकरूपले शिक्षित भएकाहरू मात्र कार्यकर्ता बन्न सक्छन् । चुनावमा विदेशी हस्तक्षेप धेरै भयो । यसकारण, पनि नेमकिपाको पक्षमा चुनाव परिणाम आएन ।”
कार्यकर्ताहरू समाजको हरेक क्षेत्रमा पुगेर पार्टी सङ्गठन गर्नु आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले
जनताको सेवामा लागेका कार्यकर्ताहरू बिचमै थाकेर फिर्ता हुन नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “समाजको आमूल परिवर्तन नरोकिने यथार्थबारे कार्यकर्ताहरू स्पष्ट हुनु आवश्यक छ ।”
उहाँले नेमकिपाले चुनावमा जितेर संसद्मा देश र जनताको हितमा आवाज राख्ने चर्चा गर्दै शासक पार्टीहरू सबैले चुनावमा आचारसंहिता नाघेर पैसा खर्च गरेको सार्वजनिक भइरहेको उल्लेख गर्नुभयो ।
“संरा अमेरिकामा ट्रम्प प्रशासनविरूद्ध करोडौँ जनताको सडक प्रदर्शन भइरहेको छ । इरानले ट्रम्प प्रशासनको राजीनामा नभएसम्म वार्ता नगर्ने सर्त पनि राखेको सार्वजनिक भयो । इरानले यसअगाडि तेलको व्यापार संरा अमेरिकी डलरमा नगर्ने घोषणा गरेको थियो” अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
उहाँले साम्राज्यवादीहरूले हेपेको देश रुस समाजवादी क्रान्तिपछि सबल नेतृत्वको कारण छिटो विकास भएको र यसमा स्तालिनको नेतृत्व पनि महत्वपूर्ण रहेको हुँदा साम्राज्यवादीहरूले स्तालिनको खेदो खनेको स्पष्ट पार्नुभयो ।
पुँजीवादी व्यवस्था भएका देशमा बरोबर आर्थिक सङ्कट हुने भएकोले समाजवाद अपरिहार्य भएको उल्लेख गर्दै अध्यक्ष बिजुुक्छेँले २००७ सालको राणाविरोधी आन्दोलनबारे नेपालमा भन्दा भारतमा बढी प्रचार भएको बताउनुभयो ।
बैठक सोमबार अपराह्न २ बजेसम्मको लागि स्थगित गरियो ।
Leave a Reply