पुँजीवादी व्यवस्था शोषणमा फस्टाउने व्यवस्था
- बैशाख ४, २०८३
विगतमा शासक दलहरूको क्रियाकलापले जनतामा गणतन्त्रप्रति अनास्थामात्र होइन असन्तोष पनि बढेको हो । शासक दलहरूले जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र साङ्गठनिक हिसाबले सचेत र सङ्गठित गर्ने काम गरेनन् । देश र जनताको पक्षमा उनीहरूले काम गर्न सकेनन्† जनताको विश्वास जित्न सकेनन् । शक्तिको अहङ्कारी देखाउँदा, बल, पैसा र भागबन्डाको राजनीतिमा शासक दलहरू केन्द्रित हुँदा देशको अनुहार फेर्न सकिएन । विगतका शासकहरू या ठुला दलका नेताहरू गएको निर्वाचनमा हारेपछि अहिले प्रायश्चित गर्दै छन् । उनीहरू आफूले विगतमा गरेको कमी कमजोरी र गल्ती औँल्याउँदै छन् । निर्वाचनको नतिजाबारे कमी कमजोरी औँल्याउनु र समीक्षा गर्नु ठिक्कै हो† त्यो आवश्यक पनि छ ।
नेपालको स्वाधीनता र स्वतन्त्रताको निम्ति भारतीय विस्तारवाद र संयुक्त राज्य अमेरिकी साम्राज्यवादको खतरा पहिलेदेखि हुँदै आएको हो । अहिले अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेको छ । एमसीसी सम्झौता पारित भएपछि अमेरिकाको हस्तक्षेप बढेको हो । अमेरिकी सेना सजिलैसँग नेपालमा पस्ने बाटो सरकारले खोल्यो । अमेरिकी राजदूतावासले नेपालमा अमेरिकी गतिविधि बढाउन अमेरिकी युथ गठन अर्को विदेशी हस्तक्षेप हो । पुँजीवादीमात्र होइन साम्राज्यवादी देशहरू पुँजीवादी गतिविधि बढाउने र कम्युनिस्ट गतिविधि सेलाउन या कम गराउन अनेक जाल रच्छन् । अमेरिकाले नेपाली शासकहरूको फाइदा उठाउँदै अमेरिकी सेनाको गतिविधि बढाएको हो† शासकहरूको विरोध नहोस् भनी विकास र आर्थिक सहयोगको लोभ देखाएकै हो । शासकहरू आर्थिक लोभमा फसेर देशघाती सन्धि–सम्झौता गर्न अघि सारे ।
कम्युनिस्ट पार्टीहरूले सरकार गुम्यो भनेर चिन्ता गर्ने होइन । कम्युनिस्ट पार्टीले कम्युनिस्ट भएर कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार काम नगर्दाको परिणाम सरकार गुमेको हो । यतिबेला कम्युनिस्टको सिद्धान्त र विचार अझै जनतामाझ पु¥याउन सकेको छैन भनी समीक्षा गर्नुपर्छ; शिक्षा लिनुपर्छ । रास्वपाले पाएको अहिलेको मत सिद्धान्त र विचारको होइन । सिद्धान्त र विचार बोकेको दलको मतमा त धेरै अदल बदल हुन्छ भने निश्चित सिद्धान्त र विचार नबोकेको दलको मत सधैँ स्थिर नहुने कुरामा शङ्का छैन । अब देशका सबै कम्युनिस्ट पार्टीहरूले सङ्घर्षबिना देशमा परिवर्तन सम्भव छैन भनी कम्युनिस्ट पार्टी र पुँजीवादी पार्टीको भेदबारे जनतालाई सुसूचित गर्नुपर्छ† समाजवाद र पुँजीवादको भेदबारे बताउनुपर्छ । अझ देशमा भइरहेको बाह्य हस्तक्षेप, दबाब, अतिक्रमणबारे बताउनुपर्छ ।
कम्युनिस्ट पार्टीहरू सत्ताको लोभमा फसेसम्म, सरकारमा गएर रजाइँ गर्ने विचार राखेसम्म देशमा परिवर्तनको पूर्वाधार बन्दैन । कम्युनिस्ट आन्दोलन अघि बढ्दैन; कम्युनिस्ट पार्टी बलियो बन्दैन । कम्युनिस्ट पार्टी बलियो नभएसम्म परिवर्तन सम्भव छैन । कम्युनिस्ट पार्टीले कहिले पनि वर्गीय सङ्घर्ष छोड्दैन; छोड्नु हुँदैन; बहुमत जनताको हितमा काम गर्न छोड्दैन । निजीभन्दा समुदाय या सामूहिक हितलाई जोड दिइएको हुन्छ । साम्प्रदायिक भावना, जातीय भावना र सङ्कीर्ण विचारको विरोध गरिएको हुन्छ । सिद्धान्तनिष्ठ राजनीति गरिएको हुन्छ । जनताका आधारभूत आवश्यक वस्तुलाई निजीकरण गरिएको हुँदैन । कम्युनिस्ट पार्टीले स्वदेशी पुँजी, स्वदेशी पुँजीपति छोडेर विदेशी पुँजी र विदेशी कम्पनी या व्यवसायीलाई स्थान दिँदैन । विडम्बना ! कम्युनिस्ट पार्टी भनिएको सरकारले जे गर्नुपर्ने हो गरेन; जे गर्न नहुने हो ग¥यो । यसमा कम्युनिस्टको बखान गर्ने कम्युनिस्टहरू पुँजीवादी दलसँग मिलेर सरकारको नेतृत्वमा जाँदा कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन पछि प¥यो ।
अब कम्युनिस्ट पार्टीले शिक्षा लिनुपर्छ । विगतको कमी कमजोरी हटाएर अघि बढ्नुपर्छ । जनतामाझ कम्युनिस्ट शिक्षा दिनुपर्छ । बहुमत जनता राजनीतिक रूपले सचेत र सङ्गठित नभइकन परिवर्तन सम्भव छैन भन्ने कुरा बुझी सैद्धान्तिक र वैचारिक अभियान छेड्नुपर्छ । कम्युनिस्टहरू निरास भएर होइन अझ जोश र जाँगरका साथ लाग्नुपर्छ । कुनै दलको उम्मेदवार हारे पनि सिद्धान्त र विचार हार्दैन । जहिलेसम्म देशमा किसान, मजदुर, श्रमजीवी जनता भइरहन्छन् तहिलेसम्म कम्युनिस्ट विचार र सिद्धान्त भइरहन्छ । अतः देशका सबै कम्युनिस्ट पार्टीहरू जनताको दुःख सुख बुझी जनतामाझ भिजिरहनुपर्छ ।
Leave a Reply