भर्खरै :

जनता राजनीतिक रूपमा सचेत नभएसम्म देशमा आमूल परिवर्तन नहुने

जनता राजनीतिक रूपमा सचेत नभएसम्म देशमा आमूल परिवर्तन नहुने

भक्तपुर, २७ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप कलेज अफ लको आयोजनामा आ.व.२०८२/८३ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा नयाँ वर्ष र बिस्का जात्राको शुभकामना आदानप्रदान कार्यक्रम एवं पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेँले जनता राजनीतिक रूपमा सचेत नभएसम्म देशमा आमूल परिवर्तन नहुने उल्लेख गर्दै पुँजीवादी देशका अधिकांश सांसद फौजदारी मुद्दामा परेका बताउनुभयो । समाज राम्रो बनाउन सांसदहरू इमानदार र असल हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आलोचना राम्रो होस् भन्ने हेतुले गर्ने हो† आलोचनाबाट कोही पनि भाग्न हुँदैन भन्नुभयो ।
उहाँले इमानदार व्यक्तिले मात्र खराब व्यक्तिहरूलाई नियन्त्रण गर्न सक्छ; तसर्थ देशलाई इमानदार वकिलको आवश्यकता छ भन्नुभयो ।
वरिष्ठ अधिवक्ता डा. ध्रुवलाल श्रेष्ठले फागुनको निर्वाचनपश्चात् आएको जनादेशले देश र जनताको निम्ति काम गर्नुपर्छ भन्नुभयो ।
कानुनी क्षेत्र भनेको कानुनी तहमा बसेर खाका तयार गरेर अगाडि बढ्ने उल्लेख गर्दै उहाँले कानुनको विद्यार्थीमा सहज न्याय दिनको लागि खुला वकालत गर्नसक्ने क्षमता र प्रतिबद्धता हुनुपर्छ भन्नुभयो ।
ख्वप कलेज अफ लका सञ्चालक समिति अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन मानिसको जीवनको महत्वपूर्ण पक्ष हो† कानुन नबुझ्नेले दुःख पाउँछ भन्नुभयो । उहाँले नेपालमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणको लागि थुप्रै कानुन बनेको भए तापनि पूर्णरूपमा कार्यान्वयन नभएकोले समस्या भएको बताउनुभयो ।
उहाँले नपाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थामा ७५०० भन्दा बढी विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा शैक्षिक गन्तव्य बनाउन प्रयासरत रहेको बताउनुभयो ।
उहाँले कानुन पढ्ने विद्यार्थीले सबैको हितको निम्ति कानुन निर्माण गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य अनिता जधारीले ख्वप कलेज अफ लमा अध्ययनरत विद्यार्थीहरूले शिक्षा डिग्री प्राप्त गर्ने माध्यमको रूपमा मात्र होइन समाज परिवर्तन गर्ने माध्यमको रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, शिक्षक डा. आस्था दाहाल र विद्यार्थी प्रवीण बयरले कानुनको महत्वबारे आ–आप्mनोे धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *