भर्खरै :

खबरदार !

खबरदार !

सिद्धान्त र विचारबिनाको दल
दल होइन हुलमुलको जमात
हुल जमातको नेता हुन्न हाहुमा लाग्नेको इज्जत हुन्न ।

देशप्रतिको बफादारी हुन्न
जनताप्रतिको जिम्मेवारी हुन्न
आफ्नो भलो त जगत भलो
ठान्छन् उनीहरू जहिले पनि ।

म र मेरा महत्वाकाङ्क्षीहरू
अरूलाई जहिल्यै तुच्छ ठान्छन्
मै हुँ अब जे गरे नि हुन्छ भनी
अहङ्कारी पापी बन्छन् ।

राजनीतिक, मौलिक अधिकार
वाक् स्वतन्त्रता !
सारा जनताको अधिकार
रोकेर रोकिन्न ।
प्रजातन्त्र, गणतन्त्र
लोकतन्त्रको यो देशमा
आ–आफ्नै सिद्धान्त विचारअनुसार
पार्टी खोल्न पाउने हैन र ?

स्वतन्त्रताको बखान गरेर
अरूलाई दबाउने
दक्षिण र पश्चिमको इसारामा
जप्दै हिँड्छन् गलाको मन्त्र ।

तन्त्र मन्त्र जन्त्रको शक्ति
उनीहरूको निम्ति महावाणी
देशभक्त स्वाभिमानी नेपालीलाई
मान्य कहाँ होला नि ।

साम्राज्यवादीहरूको माना नखाने
जनताको सङ्घ सङ्गठनको
स्वतन्त्र, स्वाधीन मौलिक अधिकार
खोस्न पाइन्न खबरदार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *