भर्खरै :

निर्जीव साथी

निर्जीव साथी

सजीव हुँदा कसैको साथ पाइनँ ।
निर्जीवलाई साथी बनाइसकेपछि,
भन्छौ, तिमी त बिग्रिएछौ ।

सधैँ भेट हुँदा कर्के नजरले हेथ्र्यौ ।
बाटो मोडिसकेपछि,
भन्छौ, तिमीले त माया मार्यौ ।

कमलो हुँदा कसैको प्रित पाइनँ ।
मनलाई कठोर बनाइसकेपछि,
भन्छौ, तिम्रो मन त ढुङ्गाजस्तो ।

कोपिला छँदा फक्रन दिइएन ।
कोपिलामै झरेपछि,
भन्छौ, फूलबिना व्यर्थ छ तिम्रो जीवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *