नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
हर्मुज जलडमरूको
निलो छातीमा
बम बारुद आफै
झुण्ड्याउँछ
ह्वाइट हाउस ।
अनि
आकाशमा बिजुलीझैँ चर्किन्छ
सम्झौता गर,
नत्र
नर्कका बादलहरू
तिमीमाथि वर्सिनेछ ।
त्यो आवाज
पूरै गुञ्जिन नपाउँदै
मरुभूमिको धूलोसँगै
क्रोधले भरिएको
अर्को प्रतिध्वनि आयो—
यदि तिमीले ढोका खोल्यौ भने
नर्कका ढोकाहरू
तिमीमाथि नै खुल्नेछ ।
जुन आवाज
तेहरानको थिएन
समयको चेतावनी थियो ।
किन नबुझेको ?
मेरो विश्व !
हर्मुज जलडमरूको निलो छातीमा
बगिरहेका
तेलका जहाजहरूसँगै
बगिरहेछ
मानवताको भविष्य पनि ।
Leave a Reply