भर्खरै :

काम गर्नेलाई एकै बुँदा काफी

काम गर्नेलाई एकै बुँदा काफी

ए सरकार !
आप्mनै सांसदहरू धर्नामा किन ?
हिजो हुन्थ्यो यस्तो
आज दोहोरियो किन ?
नयाँ नयाँ भन्थ्यौ
पुरानो चाला किन ?
एक सय बुँदाको वाचापत्र
एकसय बुँदाको कार्यसूची
चाहिन्छ किन ?
काम गर्नेलाई
विद्युत्तीकरण एक बुँदा
काफी किन छैन ?
विदेशीलाई दिइएको नदीनाला
फिर्ता लिन्छौ
भन्न किन सक्दैनौ ?
नयाँ पनि भन्ने
निरन्तरताको विच्छेद
होइन भन्छौ किन ?
जनताको सरलतामा
फाइदा लुट्छौ किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *