विदेशी पैसाबाट सञ्चालित गैरसरकारी संस्थाका अभियन्ताहरूले देशलाई नेतृत्व दिन नसक्ने
- बैशाख २३, २०८३
काठमाडौँ, २४ वैशाख । थँबही (ठमेल) स्थित ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको कमलपोखरी पुरेर बनाइएको छायादेवी व्यापारिक भवन भत्काउन माग गर्दै बिहीबार माइतीघर मण्डला, काठमाडौँमा सम्पदा संरक्षण समाज नेपालले बिहान ९ बजेदेखि ११ः३० बजेसम्म धर्ना दियो ।
कार्यक्रममा सम्पदाप्रेमी जनताले प्ले कार्ड र ब्यानर प्रदर्शन गरेका थिए । धर्नामा सम्पदाप्रेमी प्रदर्शनकारीहरूले ठमेलको सार्वजनिक कमलपोखरी संरक्षण गर, कमलपोखरीमा निर्मित छाया सेन्टर व्यापारिक भवन तुरुन्त भत्काऊ, भूमाफियाहरूलाई कारबाही गर, सम्पदाप्रेमी जनता एक होऔँलगायतका नारा लगाएका थिए ।
धर्ना कार्यक्रमको समापनमा सम्पदा संरक्षण समाज नेपालका सदस्य नारायण महर्जनले समाजले देशका सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेको सम्पदा संरक्षण गर्न लागिपरेको बताउँदै आज पेसीको दिन कमलपोखरी सार्वजनिक कायम गर्न, गराउन नेपाल सरकार र सर्वाेच्च अदालतको ध्यानाकर्षणको लागि कार्यक्रम गरेको बताउनुभयो ।
उहाँले नेपाल सरकारले सर्वाेच्चको आदेश पर्खने होइन कमलपोखरी पुरेर बनाएको छाया सेन्टर तत्काल भत्काउन माग गर्नुभयो ।
वैशाख २४ गते बिहीबार सर्वाेच्च अदालतको पूर्ण ९ नं. इजलासमा न्यायाधीशहरू महेश शर्मा पौडेल, नृपध्व निरौला र मेघराज पोखरेलको बेन्चबाट विपक्षीको निवेदनको आधारमा छाया सेन्टरविरुद्धको पेसी हटाएको हो ।
सर्वाेच्चले अर्काे पेसी जेठ २१ गते तय गरेको छ ।
Leave a Reply