बाढी पीडित किसानलाई खेतीयोग्य जमिन दिनु जरुरी
- भाद्र २२, २०८३
प्रतिनिधिसभाको बैठकमा मोदी भ्रमणमा भारतीय सेना आएकोबारे बहस भएछ । संसदमा मात्र होइन, सडक पनि यो बहसले गरम बनाएको थियो । नेपाली सेना झाडु लाउने भारतीय सेना गस्ती गर्ने ? भनी स्वाभिमानी नेपाली जनताले आक्रोस व्यक्त गरेका थिए । विश्व शान्तिमा अग्रणी भूमिका निर्वाह गरिरहेको नेपाली सेनाको अपमान गरेको पीडा उनीहरूले व्यक्त गरेका थिए । नेपाली सुरक्षा संयन्त्र कमजोर र अक्षम भएकै हो र ? औंला उठाएका थिए । त्यसैले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधे, ‘मोदी भ्रमणमा भारतीय सेनाको कमान्डो आउनु भनेको नेपाललाई भारतीय उपनिवेश वा भारतीय कुनै प्रदेश ठानेको हो ? यसबारेमा सरकार किन मौन ?’
सरकारको जवाफ माग्ने सांसद सुवाललाई हतार हतार उत्तर दिन एमालेका सांसद महेश बस्नेत आए । नेमकिपाको खेदो खनेरै जागिर पचाउने बस्नेतले मौका छोड्ने कुरै भएन । उनलाई भारतीय सेनाले नेपाल आमाको छातीमा परेड खेलेको विरूद्ध आवाज उठाएको चित्त बुझ्ने कुरा थिएन । किनभने सांसद सुवालले भनेजस्तै गोर्खा राइफलमात्र होइन अरू पनि नेपालीलाई भारतले ‘बहादुर’को जागिर दिएको छ । कारगिलमा पाकिस्तानीविरूद्ध लडेजस्तै ‘बहादुर’हरूले आप्mनो आप्mनो मोर्चामा रोजगारदाता भारतीय शासकको पक्षमा धावा बोल्नु सैनिक कर्तव्य नै हो ।
नेपाल सरकारले मध्यपुरका मेयरको आव्रmमणकारीलाई महिनौं पव्रmाउ गर्न नसक्ने र ७७ वर्षीय डिलमाया राईलाई बलात्कार गर्ने बलात्कारीलाई पव्रmाउ गर्न नसकेकै कारण मोदीको सुरक्षाको लागि भारतीय सेना आउनु परेको बस्नेतले दाबी गरे । धेरै वर्षदेखि कुरा चले पनि राख्न नसकेको भारतीय हवाई जहाजको लागि काठमाडांैमा भारतीय सेनाको फौज राख्नुपर्ने जिद्दी गरे । के अब मेयरको सुरक्षाको लागि पनि भारतीय सेना बोलाउने हो माननीयज्यू ? संसदमा बोलौं बोलौंभन्दा पनि बल्ल बल्ल पालो पाएका बस्नेतले नेमकिपाले उठाएको मुद्दालाई ओझेलमा मात्र पार्न खोजेको हो कि नेपालको सरकार अक्षमता देखाएर भारतीय सुरक्षा छातामा जान उक्साएको हो ? विषय गम्भीर छ । एमालेजनहरू अब भारतीय उपनिवेशमै रमाउन खोजेका हुन् ? ओलीका विश्वास पात्र बस्नेतको यो भारतीय सेना ल्याउने बरबराहट बेलगाम बोलीमात्र हो कि ओलीकै लोली हो ?
विदेशी शक्तिको चरणको दास भएर चुरीफुरी देखाउने ‘महाशक्तिशाली’हरू इतिहासमा धेरै छन् । ती ‘महाशक्तिशाली’ हरू जनताको तागत एकजुट भएपछि इतिहासको कुन कुनामा बिलाए ? धेरै पुरानो इतिहास खोज्नु पर्दैन । आप्mनै आमालाई हेला गरेर विदेशी शासकको पाउ मोल्नेहरूलाई स्वाभिमानी नेपाली जनताले आकाश, जमिन र पानीमुनि पनि खोजेर बदला लिनेछ हेक्का राख्नु सही हुनेछ ।
– विसुतु
Leave a Reply