भर्खरै :

भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ

भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ

भक्तपुर, ८ जेठ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई शुक्रबार एक कार्यक्रमबिच बिदाइ गरियो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ ढकाललाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपी लगाई मयुरको झ्याल मायाको चिनोको रूपमा प्रदान गरी बिदाइ गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग भक्तपुर नपाले सधँै समन्वय र सहकार्य गर्दै काम गरेको बताउनुभयो । उहाँले प्रजिअ ढकालको आगामी जिम्मेवारीका लागि पनि शुभकामना व्यक्त गर्दै प्रदेशमा बस्दा पनि भक्तपुरसँग समन्वय र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरको महत्वपूर्ण बिस्काजात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्नुभएकोमा प्रजिअ ढकाललाई धन्यवादज्ञापन गर्नुभयो ।
सोही क्रममा प्रजिअ ढकालले भक्तपुरमा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यहाँबाट प्राप्त अनुभव र सहकार्य सधँै स्मरणीय रहने बताउनुभयो ।
उहाँले भक्तपुरमा करिब सात महिनाको कार्यकाल शान्त र सुखद रूपमा बितेको बताउँदै भक्तपुर सानो, शान्त र व्यवस्थित सहर भएकोले आफ्नो कार्यकालमा कुनै ठुलो चुनौती सामना गर्न नपरेको उल्लेख गर्नुभयो । उहाँले आफ्नै कार्यकालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधि, नगरवासी, सङ्घ संस्था, कर्मचारी र सुरक्षा निकायबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै उहाँले सुरक्षामा कुनै हस्तक्षेप नगरी यस वर्षको बिस्का जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न हुनु नै सुखद पक्ष रहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले प्रजिअ ढकाललाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि आगामी कार्यकालको लागि शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *