भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
दिन दुईगुणा रात चौगुणा
महँगी बढाउनेहरू
ऋणमा तलब बढाउने किन ?
तागत भए महँगी घटाउनू
११८० अर्ब राजस्व उठ्ने
तलब १३३० अर्ब चाहिने
वर्षको ३५० अर्ब
ऋणको सावाँ ब्याज तिर्नेहरू
ऋणमै देश चलाउनेहरू
कसरी नयाँ होलान् ?
थोत्रो बाटोमै हिँड्नेहरू
सहकारी ठग्दै आएकाहरू
राज्यकोष बाँड्नेहरू
न्युयोर्कको टाइम्स पत्रिकामा
जेलेन्स्कीसँग तस्वीर छापिँंदैमा
कसरी नयाँ होलान् ?
नेपालको मानचित्र नष्ट पार्न
सिंहदरबार, संसद्, सर्वोच्चमा
आगजनी गर्ने देशद्रोहीहरू
कसरी देशभक्त होलान् ?
Leave a Reply