भर्खरै :

अमर विचार

अमर विचार

ट्रम्पराजको कठपुतली इजरायलले
धर्मको नाउँमा नरसंहार ग¥यो
जमिन, तेल, ग्याँस, सुन हडप्न
प्यालेस्टिनी जनताको ।
उसैका चेलाहरू
सम्पदा मासेर महल ठड्याउने
सार्वजनिक जग्गा हडप्ने
अकुत जग्गाधनीहरू
किलोका किलो सुनका मालिकहरू
देश भष्म पारी खरानी बेच्नेहरूले
देश कसरी बनाउँछन् ?
दम्भी व्यभिचारीहरू
ज्यू हजुरीको भरमा
आज भए अहङ्कारी
आफैलाई महान सम्झी ।
साम्राज्यवादी अहङ्कारी
मालिकको भर कति दिन रहला !

उसैलाई संसारबाट खेद्दै छन्
बुढो घोडा काम नलाग्ने भनी
नयाँ बलिया रोजेकै तिमीलाई
गलामा घण्टी झुन्ड्याउँदै ।
हेक्का राख्नु
खुसी पारूञ्जेल स्यावासी
हैन भने
दूधमा परेको झिङ्गा न हो ।
समयमै पीडित जनताको
सावाँ ब्याज कहिले तिर्ने हो ¤
भ्रष्टाचारी, अपराधीहरूलाई
मृत्युदण्डको सजाय र
सुशासन कायम गर्न
अध्यादेश कुर्नु पर्दैन ।
ढुङ्गाको मूर्तिले बोल्दैन
अब मपाईँवादी अहम् चल्दैन
निःस्वार्थ सेवा भाव नै हो
अमर विचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *