भर्खरै :

नेपाल–भारत सम्बन्ध, विश्व शान्ति र नेपालको बजेटबारे

नेपाल–भारत सम्बन्ध, विश्व शान्ति र नेपालको बजेटबारे

निश्चय पनि भारत नेपालभन्दा क्षेत्रफल, उद्योगधन्दा र अनेक भौतिक प्रगतिमा अगाडि छ । तर, जोडिएको र छिमेकी देशहरूको तुलनामा भौतिकभन्दा आध्यात्मिक, सांस्कृतिक, सदभावना, संवेदनशीलता, मैत्री भावना र एक–अर्को देशबाट पीडा कुन पक्षबाट भइआएको छ भन्नेबारे पनि मूल्याङ्कन गरिन्छ ।
नेपालमा पनि हिन्दू, मुसलमान, बौद्ध, क्रिश्चियन धर्मावलम्बीहरू छन् भने भारतमा जस्तै नेपालमा पनि अनेक जाति र भाषा–भाषी रहन्छन् । नेपाल त भारत र चीनसितमात्र सीमा जोडिएको छ भने भारत अनेक देशहरूसित जोडिएको देश हो ।
आर्थिक र व्यापारिक रूपले भारत नेपालभन्दा ठुलो देश हो । त्यसको कुनै तुलना नै हुनसक्दैन तर आश्चर्यको विषय हो – सम्पन्नले विपन्नलाई, धनीले गरिबलाई हेर्ने एसियाली संस्कृति र धर्मले यहाँका जनतालाई परिचालित गरिरहेकै हुन्छन् । तर, व्यवहारमा यस विषयलाई धेरै सुधार गर्नुपर्ने विषयहरू छन् । ईश्वर, अल्लाह र सदाचारका स्रोतहरू साझा दर्शनहरूबाट सिञ्चित छन् भने भारत र नेपालको सीमा, पाकिस्तान र भारतको सीमा, बङ्गलादेश र भारतको सीमा, श्रीलङ्का र भारतको सीमा, चीन र भारतसँगको सीमा आदिबारेको विवाद हेर्दा तुलनात्मकरूपमा भारतीय शासकवर्ग र नेपालसमेत अन्य छिमेकी देशहरूसँगको सम्बन्धमा तुलनात्मक रूपले कम संवेदनशील, कम सद्भावनापूर्ण र असहिष्णु देखिनु नेपाली जनताको लामो अनुभवको श्रृङ्खला छ । त्यसो त नेपाली जनता र भारतीय जनताबिच भाषा, संस्कृति, धर्म, रहनसहन र धर्मभिरूतामा समानता प्रस्ट छ । तर, पनि व्यापारको मामिला भारत सदा कडा देखिनुमा दिल्लीबाटै निर्देशित हुने गरेको नेपाली जनताको अनुभव छ ।
नेपालका नदी नालाबाट नेपाली जनताले बालीनालीको निम्ति सिँचाइको लागि बेलामा पानी पाउँदैनन्, खेतीपातीलाई हुर्काउनको लागि मलको आवश्यकता पूरा गर्न भारतले नेपाललाई रासायनिक मल कारखाना स्थापना गर्न १० प्रकारका निहुँ खोज्छन् – सबैलाई थाहा छ – खेतीको निम्ति सिँचाइ पानी त मानिसलाई रगतजस्तै हो । समाजमा कुपोषण हटाउन भिटामिनजस्तै खेतीलाई मल महत्वपूर्ण हुन्छ । भारतसँग नेपाली जनतालाई बढी मूल्य लिएर पनि म्याद नाघेको मल मात्र दिन्छन् या मिसावट भएको या बाली सुहाउँदो मल नदिई हाहाकार मच्चाउन बाध्य हुन्छन् । यस्तो परिस्थितिमा छिमेकी र मित्र देशले मलको कारखाना बनाउन बन्देज लगाएको छ ।
नेपालमा भित्रिने भारतका फलफूल र तरकारी–सागपात पनि आवश्यकताभन्दा अत्यधिक विषालु राखेर पठाइन्छ । परीक्षणबाट खान नहुने फलफूल र साग खान नेपाली जनता बाध्य छन् । यस्तै कारणहरूले नेपालका गाउँ र पहाडमा किसान युवाहरू अरब देशमा जान बाध्य छन् । आज झन्डै एकतिहाइ नेपाली युवाहरू विदेशमा छन् । यस्तो परिस्थितिमा देश र जनताको स्थिति के होला !
हालै केही दिनभित्र ५०–६० वर्षपहिले जस्तै भारतको नेपालको सुस्ता क्षेत्रमा सीमा प्रहरीमार्फत नेपाली जनतामाथि आतङ्क फैलाइरहेको समाचार आएको छ । आज संसारमा एकातिर आफूलाई विजोडा सम्झने संरा अमेरिकाले इरान र अन्य अरब देशहरूमाथि आक्रमण गर्दै छ भने इजरायलले गाजा र लेबनानलाई ध्वंश मच्चाउँदै छ । संसारको यस्तो स्थितिमा रुस, चीन र भारतजस्ता देशहरूलाई विश्व शान्तिको निम्ति अगुवाइ गर्नुपर्ने बेला उल्टै भारतले छिमेकीहरूलाई तर्साउँदै जानु २१ औँ शताब्दीको विडम्बना नै हो । आशा गरौँ, भारतीय जनताले पनि संसारका शान्तिप्रिय जनतासँग एक भई अगाडि बढ्ने कामबारे सोच्नमा सहयोग गर्न पाए सकारात्मक स्थिति नजिकिँदै आउनेछ भन्ने विश्वास छ !
xxx

यस वर्षको बजेटबारे
कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रू. नाघ्ने ¤ अन्नपूर्ण, शनिबार १०, जेठ २०८३
– हेर्दा प्रगतिशील देखिने यो तलबमानले तल्लो कर्मचारीहरूको कम र माथिल्लोवर्गको ठुलो वृद्धि हुने देखिएको हुँदा यो बजेट प्रगतिशील नभई प्रतिगामी छ ।
– ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लागू गर्ने उद्देश्य पहिले पनि माथिल्ला निजी विद्यालयहरूले नदिंदा लागू भएन, अब पनि लागू हुनेछैन । यो कुरा हात्तीको देखाउने दाँतमात्रै हो । – समाचारपत्र १८ जेठ, २०८३
– मल काखारना स्थापित हुने नेपाली जनताको इच्छा २०४८ सालदेखिको प्रयास हो । आर्थिकरूपले नेपाल स्वतन्त्र नभएसम्म नेपाल एक स्वाधीन देश हुनेछैन । सच्चाइ यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *