अल नेपाल सिभिल इन्जिनियरिङ फूटबलका उपविजेता खेलाडी सम्मानित
- जेष्ठ २२, २०८३
भक्तपुर, २२ जेठ । विद्यार्थीहरूको शैक्षिक विकासका साथै शारीरिक र मानसिक तन्दुरुस्तीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ख्वप इन्जिनियरिङ कलेजमा अन्तर–कक्षा बास्केटबल प्रतियोगिता सुरु भएको छ । ख्वप इन्जिनियरिङ कलेज बास्केटबल सर्कलको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता आगामी २४ गते आइतबारसम्म चल्नेछ ।
कलेज प्राङ्गणमा आयोजित एक विशेष समारोहबिच कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेले खेल निर्णायक (रेफ्री) लाई बास्केटबल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको पहिलो दिन उत्साहजनक रूपमा तीनवटा खेलहरू सम्पन्न भएका छन् । कलेजका विभिन्न सङ्काय र ब्याचका विद्यार्थीहरू सम्मिलित टोलीहरूबिच निकै प्रतिस्पर्धात्मक खेल भएको आयोजकले जनाएको छ ।
ख्वप इन्जिनियरिङ कलेज बास्केटबल सर्कलका प्रतिनिधिहरूका अनुसार कलेजले विद्यार्थीहरूलाई पढाइको चापका बिच पनि सक्रिय र ऊर्जावान् बनाइराख्न मिलेसम्म हरेक महिना यस्ता खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । इन्जिनियरिङको पढाइ आफैँमा चुनौतीपूर्ण र व्यस्त हुने गर्छ । हामी विद्यार्थीहरूलाई मानसिक तनावबाट मुक्त राख्न र हामीमा सामूहिक भावना
(टीम वर्क) को विकास गर्न यस्ता खेलकुद सबैभन्दा उत्तम माध्यम हो । कलेज प्रशासनले खेलकुदलाई पाठ्यक्रमकै एक अभिन्न हिस्साका रूपमा लिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको छ ।
“कडा बौद्धिक श्रम चाहिने इन्जिनियरिङ विधामा खेलकुदले ‘रिफ्रेसमेन्ट’ को काम गर्छ । यसले विद्यार्थीको एकाग्रता र उत्पादकत्व समेत बढाउँछ,“ खेलकुद सर्कलका एक अर्का सदस्यले बताए ।
प्रतियोगिताअन्तर्गत शनिबार अन्य चरणका खेलहरू सञ्चालन हुनेछन् । फाइनल खेल आइतबार सम्पन्न हुने आयोजक सर्कलले जानकारी दिएको छ ।
Leave a Reply