नेपाली वास्तुकला गीत
- जेष्ठ २२, २०८३
पूर्व मेची, पश्चिम महाकाली
तराई, पहाड, हिमाल
हिजो आज देशैभरि
चलिरहेछ बाँदरराज ।
गाउँ गाउँ बस्ती बस्तीको
बाली नाली नष्ट गर्दै
छाप्रो छाप्रो चहारी
बाँदरहरू आतङ्क मचाउँदै छन् ।
आश्वासन दिए निर्वाचनमा
बाँदर आतङ्क रोक्ने छौँ
समयमै नियन्त्रण गरी
जनतालाई राहत दिने छौँ ।
जितेर गए, नेता भए
गाउँ बस्ती बिर्सेछन्
किसानहरू घरबार छोडी
सहर बजारमा विस्थापित छन् ।
बाँदर आतङ्कले पीडितहरू
स्थानीय निकाय, नेताकहाँ धाए
हसबहादुर मात्र भेट्टाए
बाँदरहरू त सिंहदरबार पो छिरेछन् ।
दुईतिहाइ नजिक भन्थे
नयाँ सोच नयाँ सरकार रे !
पुरानै पाराले अध्यादेश ल्याए
संसदीय मर्यादा भुले ।
आखिर बाँदरको स्वभाव न हो
बनाउँदैन आफूले
सम्पत्ति देशको भन्दैन
आँखा चिम्ली बिगार्छ ।
बिगार्ने र सपार्नेबिच
बिगार्नेको हालीमुहाली छ
तथ्य–सत्य मन नपराउने
विध्वंशकारीहरूको बाहुल्य छ ।
हिजो भ्रष्टाचारी र कमिसनखोरहरूकै
जङ्गलराज चलेको थियो
आज पनि जनताको रगत पसिना लुट्ने
उन्मत्त बाँदरहरूको राज चलेकै छ ।
Leave a Reply