नेपाली वास्तुकला गीत
- जेष्ठ २२, २०८३
लघु कथा
साँझतिर काठमाडौँ घुम्न आएका हुम्लाका साथी भीमसेनस्तम्भ बाटिकामा आराम लिएर पत्रिका पढ्दै थिए । त्यही समयमा ताप्लेजुङका साथी पनि झोला बोकेर त्यहाँ आइपुगे । उनले बाटोमा आगो र धुँवामा पसिना बगाई मकै पोलेर बेच्दै गरेका महिलासँग चार घोगा पोलेको मकै किनेर ल्याएका थिए । त्यस्तै जनकपुर र लुम्बिनीका दुई जना साथी पनि एक किलो काँक्रो बोकेर घुम्दै त्यहीँ आइपुगे । चारैजना साथीहरूको चिनापर्ची भयो । उनीहरूले कार्यकर्ताहरूको विचार र आचरण बारेमा छलफल सुरु गरे ।
ताप्लेजुङका साथीले अरु साथीहरूलाई आफूले किनेर ल्याएको मकै बाँडेर आफूलाई पनि एक घोगा मकै लिए । छोडाएको एक पसर मकै चपाउँदै उनले भने, आहा ! मकै त कति मिठो छ है साथी ? किसान, मजदुरको रगत पसिनाले भिजेको आगो धुवाँमा पसिना चुहाइचुहाइ मेहनत गरेर पोलेको मकै त मिठो हुने नै भयो । उनीहरूले जस्तै दलका नेता कार्यकर्ताहरू ती ठेला उठेका पोलेका हात र अनुहारलाई सम्झेर काम गरेका भए देश बनिसक्थ्यो । विदेशीसँग हात फैलाउनुपर्ने थिएन । त्यसको लागि झुक्नुपर्ने थिएन । उनीहरू त यस्तै बहुमत मजदुर किसानको मतबाट चुनावमा जितेका हुन् । जितेपछि उनीहरू कम्युनिस्ट सिद्धान्त र आचरणविपरीत पुँजीवादी सरकारमा पटक पटक गए । उनीहरू त्यो गुलियो पोटेको चास्नीमा डुबे† बहुमत मजदुर किसानलाई बिर्से । उनीहरूले काठमाडौँमा बङ्गला र पजेरो जोडे ।
ताप्लेजुङका साथीको विचारलाई जोड दिँदै जनकपुरका साथीले पनि भने, बहुत अच्छा बात गर्यो साथीले । नेता माओ त्सेतुङले गोलीले जित्न नसकिने कम्युनिस्टहरूलाई चास्नी पोटेको गोलीले जित्छन् भन्नुभएजस्तै पुँजीवादी सरकार एनजीओ, आइएनजीओको गुलियो चास्नी पोटेको गोलीले उनीहरूलाई सिध्याई दिएछ हजुर । होइन साथी ?
एकदम हो साथी ¤ हुम्लाको साथीले उनको विचारमा सहमति जनाउँदै भने, “उनीहरू वर्ग शत्रु, विदेशीको प्रशंसा र आर्थिक सहयोगको जाल षड्यन्त्रबाट बच्न सकेनन् । बिनास्वार्थ सित्तैमा कसैले केही सहयोग गर्दैन, दिँदैन । मित्र कम्युनिस्ट पार्टीका सिद्धान्तनिष्ठ, इमानदार त्यागी नेताहरूले आलोचना गरेर सचेत नगरेका होइनन् । उनीहरूलाई ठुलो पार्टी, ठुलो नेताको दम्भ, सङ्कीर्ण विचारले बाहिर आउन दिएन । त्यसैले उनीहरूलाई हुर्मत लिँदै जनताको सामुने पत्रु बनाई देशको राजनीतिक मञ्चबाट दूधको झिँगा फालेजस्तै फालिए, फालिँदै छन् । उनीहरूले देशको कृषि उद्योग, कलकारखाना चौपट पारे देशको स्वतन्त्रता, सार्वभौमिकता नै समाप्त हुने खालको एमसीसी, एसपीपी जस्ता देशघाती सन्धि सम्झौता गरे । त्यसका लागि उनीहरूलाई विदेशीहरूले आदेश धम्की दिन आए ।
लुम्बिनीका साथीले पनि उनको विचारलाई समर्थन गर्दै भने, ‘बहुत् गम्भीर बात छ है । देशको इतिहास मेटाउन अङ्ग्रेज सामाज्यवादसँग रतिभर नझुकीकन लड्ने वीर योद्धा भीमसेन थापाले बनाउन लगाएको ऐतिहासिक भीमसेनस्तम्भ धरहरा नेपाली प्रविधिमै बलियो र सुन्दर हुने गरी पुनः निर्माण नगरी कङ्क्रिटको टावर बनाए । अब उनीहरू तमाम देशघाती कामको जनतासँग माफी मागेर अगाडि बढ्नु जरुरी छ । लडाइँमा हारेको सिपाही झन राम्रोसित लड्छ भनेझैँ देश र जनताको निःस्वार्थ सेवामा समाजवादी व्यवस्था स्थापना गर्न शिर ठाडो पारेर अगाडि बढ्ने हो, लड्ने हो । होइन साथी ? लौ साथी यसको लागि तपार्इँहरू दुईजना पूर्व गएर, हामीहरू दुईजना पश्चिमतिर गएर जनतालाई सचेत र सङ्गठित गरेर अगाडि बढ्ने प्रण गर्दै उनीहरू झोला बोकेर त्यहाँबाट हिँडे ।
Leave a Reply