नेपाली वास्तुकला गीत
- जेष्ठ २२, २०८३
निहत्था जनतामाथि गोली हान्नेहरू
दोषी किन होइनन्् ?
देशभरि आगजनी गर्नेहरू
दोषी किन होइनन् ?
आयोगको निर्णय त आयो
मुख्य मुख्यको नाम कसरी छुट्यो ?
कर्मचारीको तलब बढाउँदैमा
के सरकार सुरक्षित होला ?
देशमा आगो लगाउनु
के अर्थतन्त्रमा आगो लगाउनु होइन ?
आर्थिक विधेयकको पृष्ठ हराउनु
बीवाइडीमा दुई अर्ब घोटाला हुनु हो ?
“नेपालले भारतको सीमा मिचेको छ”
संसद्मा बोलेको यही हो
टोन स्लिप कि टङ स्लिप
बहानाबाजी किन ?
२०५५ सालमा सीमा नक्सा
भारतले एकतर्फी कारेको
चेतना नभएकाहरू
सरकारमा पुगेर के गर्नु ?
‘दिल्लीतिर आँ गर्दै’ ¥याप व्यङ्ग हान्नेहरू
होस गर्नू
देशघातको कलङ्क मेटिने छैन
अब प्रायश्चित् गरेर निस्कनू !
(२०८३ जेठ २२ गते)
Leave a Reply