अब प्रायश्चित्त गरेर निस्कनू !
- जेष्ठ २२, २०८३
हिमालको छानामुनि तराईको काख ।
पहाडको दुईपाखे छाना जानी राख ।
माटोको घरमा हेर, झिङ्गटीको छानो ।
गर्मीमा कति शीतल, जाडोमा छ न्यानो ।
हिमालको छाना मुनि हा हा…
छिँडी, मातन, चोटा र बुइँगलको माथ –२
आँगनको पालीमा सामूहिक भेटघाट –२
साँझ्यः, टिकिझ्यः, मयुर झ्याल सुन्दर ।
इँट नै थरी थरी जान्न लाग्यो रहर ।
चुको, ननीमा खेल्ने कति रोचक ।
पाटी, सत्तल र हिती कति मोहक ।
हिमालको छानामुनि हा… हा…
गगनचुम्बी महल सहरमा बनाउने –२
कसैको झोपडी पहिरोले बगाउने –२
कङ्क्रिटको जङ्गलले ढाक्यो हरियाली
आफ्नो प्रविधि बचाऔँ आउ सबैजना मिली
हिमालको छानामुनि…
पहाडको दुईपाखे…
Leave a Reply