भर्खरै :

खोजी खोजी जेलमा नथुनी भएन

खोजी खोजी जेलमा नथुनी भएन

सिंहदरबारमा चोरहरू थिए
जनतालाई धेरै धेरै दुःख भयो
अहिले त्यहाँ डाँकाहरू पुगे
अब नेपालीहरू कति पीडित हुने होलान् ?
पहिले चुनावमा रुपैयाँ बाँडिन्थ्यो
अहिले डलर छरेर देश कब्जा गरियो
डलर छर्ने कुन कुन पार्टी हुन् ?
खोजी खोजी नलखेटी भएन ।

विद्यार्थीलाई आन्दोलनको मोहडामा राखेर
गोलीमा भुट्ने को को हुन् ?
आपैmले पेट्रोल बम हानेर
सिंहदरबार जलाउने को को हुन् ?
विदेशीसँग ऋण ल्याएर
देशको अर्थतन्त्र जलाउने
को को हुन् ?
ती सबैलाई खोजी खोजी
जेलमा नथुनी भएन ।
(२०८३ जेठ २५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *