भर्खरै :

नयाँ साथीहरूलाई खुला प्रश्न !

नयाँ साथीहरूलाई खुला प्रश्न !

हो साथी हो,
तिमीले भनेको शतप्रतिशत सत्य हो,
पुरानाहरूले नै यो देशको भाग्य र भविष्य लुटेकै हो ।

त्यो महाकाली सन्धिको राष्ट्रघाती कालो पानामा,
तिनीहरूकै स्वार्थको हस्ताक्षर र औँठाछाप बसेकै हो ।

हो, एमसीसीको त्यो विवादित र अल्झिएको सम्झौता,
त्यही पुरानाकै सत्तालिप्सा र दलालीको उपज थियो ।
तिनीहरूकै अदूरदर्शी र लाचार बुद्धिको खोज थियो ।

हो, जनताको रगत र पसिनाको कमाइ चुसिएकै हो,
३५ वर्षसम्म यो देश निर्दयी भई लुटिएकै हो ।

यसको मतलब यो होइन कि साथीहरू,
अब ३४ वर्ष तिमीले देश लुट्न पाउनुपर्छ ।

होइन भने
भन,
के तिमीहरू महाकाली सन्धिको विरोधी हौ ?
के तिमीहरूले एमसीसी, गण्डकी, माथिल्लो कर्णाली
जस्ता थुप्रै राष्ट्रघाती सम्झौता खारेज गर्ने हो ?
के तिमीहरूको बजेट भाषण र गरिबको पसिनासँग अन्योन्याश्रित सम्बन्ध छ ?
बात गर्नुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *