सुधारिएको पुँजीवादको भ्रम
- असार १, २०८३
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हवलदार निरज कुमार सिंह :
२०८२ भदौ २४ गतेका दिन अन्दाजी १० बजेको समयबाट नारायणगोपाल चोक र धुम्बाराही चोकतर्फ तथा चुनदेवी जाने गल्ली सडकबाट जेन्जी आन्दोलनहरूको चहल पहल सुरु हुन थाल्यो । त्यतिबेलासम्म हामीले शान्ति आन्दोलन हो भनी सम्झेका थियौँ । करिब १०ः४५ बजेको समयदेखि आन्दोलनकारीहरूको हात हातमा खुकुरी, तरबार, ह्याम्मर, हथौडा, फलामको रड, काठको चिरपट बाँसका लट्ठीहरू र एस.एल.आर. राइफल देखिन थाल्यो । प्रहरी वृत्त महाराजगञ्ज कार्यालय अगाडिको चक्रपथ सडक खण्ड निर्माणधीन रहेको र सोही निर्माणका लागि सोही सडकको दक्षिणतर्फ चुनदेवी जाने सडक पेटी छेउमा ढुङ्गाहरू राखिएको थियो ।
अन्दाजी ११ बजेतिर जेन्जी आन्दोलनका प्रदर्शनकारीहरूले एक्कासि प्रहरी तथा प्रहरी कार्यालयलाई निशाना बनाई ढुङ्गामुढा र पेट्रोल बम प्रहार गर्न थाल्यो । सोही क्रममा आन्दोलनकारीहरूले पेट्रोल बम तीव्ररूपले प्रहार गर्न थाल्यो र प्रहरी कार्यालयको प्राङ्गणमा पार्क गरी राखिएको सरकारी तथा व्यक्तिगत मोटरसाइकलहरू, प्रहरीको जिप तथा भ्यानहरूमा आगो लाग्यो ।
जेन्जी आन्दोलनकारीहरूले कार्यालय अगाडिका तारबारहरू र मुख्य प्रवेशद्वार तोडी भित्र प्रवेश गरी अन्धाधुन्ध विभिन्न धारिलो हात हतियारले ड्युटीमा खटिएको प्रहरीउपर प्रहार गरिरहेका थिए । प्रहरी कर्मचारीहरूलाई कुटपिट गरी बेहोस बनाई आगजनी, तोडफोड गर्दै प्रहरीको हातहतियारसमेत आन्दोलनकारीहरूले लुटपाट गरी कार्यालयमा रहेको मिसिल कागजपत्र फाइलहरू अन्य फर्निचरका सामान झ्यालढोकामा समेत तोडफोड आगजनी गरिरहेका थिए । सोही बेला प्र.स.नि. मिलन राय र प्रहरी जवान उत्तम थापालाई घिसारी घिसारी लछारपछार गर्दै बाहिर सडकमा लगी निर्ममतापूर्वक धारिलो हतियार प्रहार गरिरहेको थियो । शरिरका विभिन्न भागहरूमा गम्भीर चोट लागेको कारण म बेहोसको अवस्थामा थिएँ ।
भदौ २४ गतेका दिन प्रहरीको तर्फबाट आन्दोलनकारीहरूलाई कुनै रोकछेक÷बाधा नगर्दा पनि आन्दोलकारीहरूले निशाना बनाई प्रहरी कार्यालयमा आगजनी गर्नुका साथै प्रहरी कर्मचारीहरू प्र.स.नि. मिलन राय र प्र. उत्तम थापालाई कुटपिट गरी घाइते बनाउने प्रहरीलाई कर्तव्य गरी मारेको हो । प्रहरीलाई कुटपिट तथा निर्ममतापूर्वक हत्या गरेको हुँदा आन्दोलनकारीहरूलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्छ ।
प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरी हवल्दार दीपकप्रसाद घिमिरे :
२०८२ भदौ २३ गतेका दिन म आफू कार्यरत प्रहरी वृत्त जनसेवाका कार्यालय प्रमुख थिएँ । अन्दाजी ११ः३० बजेको समयमा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूको भीड नारा—जुलुससहित माइतिघर मण्डलाबाट बानेश्वरतर्फ जाँदै गरेको अवस्थामा सोही भीडमा मिसिँदै बुलेट मोटरसाइकलमा नेपालको झण्डा बोकी नाराबाजी गर्दै आएको समूह एक्कासि सिँहदरबार पश्चिम र दक्षिण गेटतर्फ प्रवेश गर्न खोज्दा स्वास्थ्य मन्त्रालय अगाडि रहेको बेरिकेट खडा गरी बेरिकेटलाई सपोर्ट हुने मैले न्बक न्गल थान–१ ऐ को सेल थान धान–३० सहित म बेरिकेडलाई सपोर्ट हुने गरी दोस्रो पङ्क्तिमा न्बक न्गल सहितको हतियार टोलीसँग भीडलाई सिंहदरबारतर्फ जान नमिल्ने गरी खटिएको थिएँ । बानेश्वरमा प्रदर्शनकारीहरू आक्रामक देखिएपछि कफ्र्यु आदेश जारी भएको र सो कफ्र्युबारे सबैलाई जानकारी गराई आ–आफ्नो वास स्थानतर्फ जाने अनुरोध गरेँ । थापागाउँको बाटो हँुदै बानेश्वर पुग्दा सेनाको टोलीले ड्युटी लिइसकेकोले अवस्था केही सामान्य भई प्रदर्शनकारीहरू छरिएर तितरवितर भइसकेको अवस्था थियो ।
भदौ २४ गते बिहान ७ः३० बजेदेखि नै म ऋ(टट सरको कमान्डमा प्रहरी वृत्त जनसेवा, काठमाडौँको कार्यालय सुरक्षार्थ खटिएको थिएँ । अन्दाजी ०९ः०० देखि १०ः०० बजेको समय करिब १ देखि २ हजार प्रदर्शनकारीहरूको समूहले प्लेकार्ड देखाई प्रदर्शन गरिरहेको थियो । त्यसै क्रममा सिद्धिचरण चोकमा करिब ५/६ वटा बुलेट मोटरसाइकलमा त्इद्य र ‘हामी नेपाल’ लेखेको टिसर्ट लगाई आएका व्यक्तिहरू उक्त भिडमा प्रवेश गरी उच्छृङ्खल गतिविधिहरू गर्दै जुद्ध शालिकतर्फ आई प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गर्ने, बोतलमा तरल पदार्थ राखी पेट्रोल बम बनाई प्रहार गर्दै कार्यालय अगाडिको सडकखण्डबाहेक अन्य वरिपरिका व्यापारिक प्रतिष्ठान र कार्यालयको पर्खालबाट ढुङ्गामुढा प्रहार गरे । काठमाडौँको धेरै स्थानमा रहेको प्रहरी युनिटमा आगजनी गरी कार्यालयका हातहतियार लुटेको, प्रहरी कर्मचारीहरूलाई समेत मारेको खबर जानकारी पाएँ । प्रदर्शनमा उच्छृङ्खल व्यक्तिले हात हातमा रड, खुकुरी, डण्डा लिई प्रहरी कार्यालयमा समेत आगजनी गर्नुपर्छ भन्दै कार्यालयको गेट अगाडि आगो बाली, प्रदर्शन गरेको थियो । प्रहरी कार्यालय (प्रहरी कन्ट्रोल) को रेडियो सेटमा समेत बल प्रयोग नगर्ने, सम्झाईबुझाई गर्ने गोली नचलाउने, थुनुवाको लिस्ट तयार पारी थुनुवा छोडी दिएँ ।
अन्दाजी १६ः३० बजे हुल बनाई हातमा रड, खुकुरी तथा विभिन्न घरेलु हातहतियार लिई प्रवेश गर्न प्रहरी वृत्त जनसेवा प्रवेश गर्ने विशाल बजार कम्पनीको गेट तोडफोड तथा आगजनी, गरी कार्यालयको हिरासतमा थुनुवालाई खोली छोडी कार्यालयको परिसरभित्रै आगजनी तोडफोड र लुटपाट गर्न थालेपछि जनसेवाका प्रहरी कर्मचारीहरूले प्रहरी हातहतियार, गोली गट्ठा र सञ्चार साधन बोरा, झोलामा राखी वसन्तपुर दरबारमा रहेको नेपाली सेना हाम्रो कार्यालयमा आई हामीहरूलाई चारैतिरबाट कभर गरी नेपाली सेना व्यारेकमा लगेको थियो । त्यसपश्चात् प्रदर्शनकारीहरूले प्रहरी वृत्त जनसेवामा रहेका चारपाङ्गे्र गाडी, कार्यालयको मोटरसाइकल, प्रहरी कर्मचारीको व्यक्तिगत सवारी साधनहरूमा आगजनी गर्दा जली नष्ट भएको प्रदर्शकारीहरूले पूर्ण रूपमा आगजनी गरेका थिए ।
Leave a Reply