स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
विगत केही दिनहरूमा विभिन्न सामाजिक सञ्जालहरूमा खासाङखुसुङ खोला सफाइ गर्ने क्रममा रुखहरू कटान गरिएको विषयलाई लिएर आदरणीय नगरवासी साथीहरूले निकै चासो र चिन्ता व्यक्त गरेका छन् । वातावरण संरक्षणप्रति देखाएको यो सजगता, उच्च चेतना र गहिरो प्रेम प्रशंसनीय छ । खोला क्षेत्रको प्राकृतिक सौन्दर्य जोगिनुपर्छ भन्ने पवित्र उद्देश्यलाई सम्मान गर्दै, यसै विषयमा आम नागरिकमा परेको केही फरक बुझाइ र अन्योललाई स्पष्ट पार्नु हामीले आफ्नो कर्तव्य ठानेका छौँ ।
विगत लामो समयदेखि खासाङखुसुङ खोला साँघुरिँदै गएको र खोलाको बिचमै ठुला रुखहरू रहेको कारण प्राकृतिक बहाव पूर्ण रूपमा अवरुद्ध हुँदै आएको थियो । बर्खायाममा पानीको बहाव थुनिएर बाढी आसपासका खेतबारी र धानबालीमा पस्दा बर्सेनि ठुलो क्षति हुने गरेको यहाँहरू सबैलाई विदितै छ । अझ विगत एक–दुई वर्षअगाडि सल्लाघारी क्षेत्रका बस्तीहरूमा घरको एक तलासम्म डुब्ने गरी आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको धनजनको क्षति हामी कसैले बिर्सेका छैनौँ । खोलामा थुप्रिएको फोहोर र झाडीका कारण दुर्गन्ध फैलिएर बाटोमा हिँड्नै नसक्ने अवस्था सिर्जना भएको थियो ।
स्वास्थ्यको दृष्टिकोणले बिरामी भएर उपचार गर्न धाउनुभन्दा बिरामी हुनु अगावै सचेत हुनु धेरै बुद्धिमानी हो । खोला सफा र व्यवस्थित भएमा मात्र हाम्रो वातावरण स्वस्थ रहन्छ, रोगव्याधि फैलिन पाउँदैन र बाढीको प्रकोप रोकिएर नागरिकको अमूल्य धनजनको रक्षा हुन्छ ।
यही गम्भीर अवस्था र आसन्न जोखिमलाई मध्यनजर गर्दै स्थानीयहरूको सक्रियतामा – ‘खोला सफाइ उपभोक्ता समिति’ गठन गरी यो सफाइ कार्य अगाडि बढाइएको हो । यस अभियानको क्रममा समितिले जथाभावी सबै रुखहरू काटेको होइन । खोलाको बिचमा परेर पानीको बहावलाई थुन्ने र बाढीलाई बस्तीतर्फ सोझ्याउने अति आवश्यक एकाध रुखहरू आपसी सरसल्लाहमा हटाइएका हुन् । यस सफाइ अभियान सञ्चालन गर्दा स्थानीय बासिन्दा तथा आवतजावत गर्ने सर्वसाधारणमा पर्न गएको केही व्यावहारिक असुविधाप्रति समिति क्षमाप्रार्थी छ ।
खोला किनारका व्यक्तिगत जग्गामा रहेका कतिपय रुखहरू स्थानीय जग्गाधनीहरू आफैँले “यो हाम्रो आफ्नै निजी रुख हो” भन्दै आ–आफ्नो आवश्यकताअनुसार काटेका हुन् । उपभोक्ता समितिले खोलाको बहाव खोल्न काटेका एकाध रुख र स्थानीय जग्गाधनीहरूले आफ्नो हकदाबी भन्दै आफैँ काटेका रुखहरूका कारण अहिले पहिलेको तुलनामा खोला क्षेत्र केही बढी खुला र सफा देखिएको स्वाभाविक हो । यसै खुलापनलाई लिएर धेरै रुख काटियो कि भन्ने महसुस हुनु स्वाभाविक भए पनि वास्तविक परिस्थिति यही नै हो ।
विशेष गरी पिपलजस्ता रुखहरू प्राकृतिक रूपमै कमजोर र जरा खुकुलो हुने प्रकृतिका हुन्छन् । कुन बेला सामान्य हावाहुरीमा पनि ती रुखहरू ढल्छन्, त्यसको कुनै ठेगान हुँदैन । भोलि बाटोमा हिँडिरहेका सर्वसाधारण वा स्थानीय नागरिकमाथि त्यस्ता कमजोर रुख ढलेर मानवीय क्षति हुनुभन्दा अगावै पूर्वसावधानी अपनाउनु र नागरिकको ज्यान जोगाउनु समितिको प्राथमिक दायित्व हो ।
यसै क्रममा, खोलाको बहाव खोल्नका लागि अप्ठ्यारो परेर ढालिएका वा काटिएका रुखहरू सम्बन्धित जग्गाधनी महानुभावहरूले आफ्नै सम्झिएर आ–आफ्नो अनुकूलताअनुसार समयमै व्यवस्थापन गरिदिनुहुन र सङ्कलन गरेर लैजानुहुन समिति हार्दिक अनुरोध गर्दछ ।
यो पवित्र सामुदायिक कार्यको वास्तविक मर्मलाई बुझिदिनुहुन हामी सबैमा अपिल गर्दछौँ । स्थानीय उपभोक्ताहरूकै प्रत्यक्ष रेखदेख र सर्वपक्षीय हितका लागि गरिएको यो सफाइ अभियानमा आगामी दिनमा पनि यहाँहरूको सकारात्मक सहयोग, रचनात्मक सुझाव र समन्वयको सदैव अपेक्षा गर्दछौँ ।
खोला सफाइ उपभोक्ता समिति, खाससाङखुसुङ खोला क्षेत्र, सल्लाघारी
Leave a Reply