भर्खरै :

आफ्नो नामको जग्गा आवास आयोजनामा किन पाएनन् ?

  • असार १९, २०८३
  • – जिल्ला शिक्षा कार्यालयका एक छिमेकी
  • पाठक विचार
आफ्नो नामको जग्गा आवास आयोजनामा किन पाएनन् ?

प्रिय सम्पादकज्यू
‘मजदुर’ दैनिक
भक्तपुर ।

बाहिर हामीले सुनेका र बुझेका विषयमा केही भन्नु छैन । तर, सबभन्दा ठुलो रकम खर्च भइरहेको धेरै वर्ष लागेको देको मिवा इटापाको योजनाको केही पीडित भनिएका मानिसहरूले गुनासो सुन्दा आश्चर्य लाग्छ ।
आजको सञ्चारको बेलामा पनि ती पीडितहरूको समस्याबारे किन कोही बोल्दैनन् – जिम्मेवारीपूर्वक ? कुराकानी सुन्दा एक पक्षले अर्काे पक्षलाई दोष दिएको हो कि केही नखुलेको खुलाउन नचाहेको विषय पनि छ । ठुलो विषयमा नभई एक जना पीडित भनिएका व्यक्तिको बारे मात्रै यहाँ उल्लेख गर्न चाहन्छु । उनको नाम हो – तुल्सीभक्त कोजू ।
उनी बारम्बार घर–घरमा पुगी आफ्नो दुखेसो पोख्छन् । उनको गुनासो हो – मेरो नयाँ नक्साको जग्गामा पुरानो जग्गाधनीले छोडेन । मेरो पुरानो जग्गामा नयाँ व्यक्तिले २ वर्ष बाली खाइसक्यो । अब यसको उपाय के हो ? अरू जिम्मेवार भन्ने मानिसहरूले हामी होइनौँ भन्छन् । उनी बारम्बार आफ्नो मर्का सुनाइरहन्छन् ।
एक जना जोताहा किसानको ‘मजदुर’ दैनिकमार्फत आफ्नो गुनासोलाई सम्बन्धित व्यक्ति र जनताको ध्यान आकर्षित गर्न अनुरोध गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *