वार्तामा खामेनीको स्वीकृति रहेको पेजेस्कियानको दाबी
- असार १९, २०८३
भक्तपुर, १८ असार । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार आर्थिक ऐन २०८३ मार्फत विभिन्न करमा गरिएका विशेष छुट र अन्य व्यवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
आन्तरिक राजस्व कार्यालय भक्तपुरको सहकार्यमा आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुटबारे जानकारी गराउने उद्देश्यका साथ सङ्घको सभाहलमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कर करले होइन, रहरले तिर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घले हरेक वर्ष आर्थिक ऐनमा उपलब्ध छुट सुविधाहरूबारे जिल्लाका करदाताहरूलाई जानकारी दिन आन्तरिक राजस्व कार्यालय भक्तपुरसँग सहकार्य गरी अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोइरालाले आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएको विशेष कर छुट, सहुलियत, राजस्वको नयाँ व्यवस्था, करदाताले प्राप्त गर्न सक्ने सुविधाका विषय, कर छुट प्राप्त हुने समयसीमालगायतका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले समयमै कर विवरण तथा दायित्व पूरा गर्दा करदाताले प्राप्त गर्ने छुट सुविधाका बारेमा स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी एवं करदाताहरूले कर छुट, जरिवाना मिनाहा, आफूहरूले भोगिरहेका व्यवहारिक समस्याबारे कर अधिकृत कोइरालाले स्पष्ट पार्नुभएको थियो ।
सङ्घका उपाध्यक्ष एवं सङ्घअन्तर्गतको राजस्व उपसमितिका संयोजक दिनेश गोसाई, उपसमितिकी सदस्य सन्ध्या श्रेष्ठ बुद्धाचार्यले आर्थिक ऐनमा व्यवस्था भएका प्रावधानको विषयमा कार्यक्रमबाट करदाताहरू थप स्पष्ट भएको विश्वास व्यक्त गर्दै उपलब्ध कर छुट सुविधाहरूको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।
Leave a Reply