के.एम.सी. अस्पताल सिनामङ्गलका डा. विनिता प्रधानको कागज व्यहोरा
भदौ २३ गते करिब १३.४५ बजे हाम्रो अस्पतालमा घाइतेहरू ल्याउने क्रम सुरु भयो । हामीले इमर्जेन्सी विभागको सबै १५ वटा बेडलाई च्भम ब्चभब मा परिणत गरी घाइतेहरूको उपचार ग¥यौँ । डाइरेक्टर मीना थापाको को–अर्डिनेसनमा सर्जिकल, अर्थोपेडिक, एनेस्थेसिया, नर्सिङ टीमलगायतका युनिटलाई संलग्न गराई सो दिनको उपचार अगाडि बढाइएको थियो । अरु बेलाको आन्दोलनमा हातखुट्टामा चोट लागेका घाइतेहरू आउँथे तर उक्त दिन छाति र टाउकोमा गोली लागेका घाइतेहरू आए । ४/५ जना घाइतेमध्ये एक जनाको मृत्यु भयो भने अर्का एक जनालाई आईसीयू अपरेसनमा सिफ्ट गरियो ।
२३ गते ३७ जना घाइतेलाई रिसिभ गरिएको थियो । सोमध्ये २ जनाको (सौरभकृष्ण श्रेष्ठ र सुवास बोहोरा) सोही दिन मृत्यु भयो । भोलिपल्ट २४ गते छाति र टाउकोमा चोट लागेका घाइतेहरू देखिएनन् । पेटतिर छर्रा लागेका र द्यगचल केसहरू आएका थिए । भदौ २३ र २४ गते जम्मा ८३ जना घाइते हाम्रो अस्पतालमा रिसिभ भएका थिए । सबै घाइतेको उपचार निःशुल्क गरियो ।
हामीले उपचार खर्चको सम्पूर्ण बिल स्वास्थ्य मन्त्रालय तथा नगरपालिकामा पेस गरेका छौँ । हालसम्म रकम प्राप्त भएको छैन । भदौ २३ गते डाक्टरहरूलाई रिसिभ गर्न अस्पतालबाट गएको एउटा एम्बुलेन्सलाई प्रदर्शनकारीले इमाडोलमा तोडफोड गरे । राज्यले डिजास्टरको बेला अस्पतालहरूलाई सर्कुलर गरी तयारी अवस्थामा राख्नुपर्छ । खर्चको अभावमा घाइतेहरूलाई मृत्युको मुखमा जान नदिन उपचार खर्चको ग्यारेन्टी गर्न सक्नुपर्दछ ।
अस्पतालमा पूर्वमन्त्री मो. आफताव आलमको उपचार गरिएको थियो । यसकारण, प्रदर्शनकारीहरूले अस्पताललाई समेत त्बचनभत गरेर “आलमलाई बाहिर निकाल्नुहोस्, नत्र ठीक हुँदैन” भनी धम्क्याएका थिए ।
सिभिल अस्पताल नयाँ वानेश्वरका डा. रमेश पन्तको कागज व्यहोरा
भदौ २३ गते दिनको करिब १२.१५ बजेबाट घाइतेहरू आउन थाले । घाइतेको चापले Green जोन Yellow मा र Yellowध जोन Red मा परिणत भयो । हाम्रो अस्पतालमा Neurosurgery को उपचार नहुने भएको हुँदा त्यस्ता बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल रेफर गरियो । रेफर गरिएका बिरामीलाई एम्बुलेन्समा राखी मुभ गर्न धेरै बाधा भयो भने एम्बुलेन्स तोडफोड गरिएको अवस्थामा फिर्ता भयो । अस्पतालमा लजिस्टिक सामानहरूको अभाव भयो । अस्पताल बाहिर आगो लागिरहेकोले अस्पतालमै तोडफोड वा आगजनी हुने त्रास थियो ।
यसअघिका आन्दोलनहरूमा लाठी लागेका, लडेका, हात–खुट्टा मर्केका, भाँच्चिएका घाइतेहरू आउने गरेका थिए । उक्त दिन अधिकांश गोली लागेका घाइते रिसिभ भए । भदौ २३ गते २५२ जना घाइते उपचारको लागि आएकामा तीन जनाको मृत्यु भयो ।
भदौ २४ गते दिनको १२.३० देखि गोली लागेका प्रदर्शनकारी र बर्दीमा रहेका घाइते प्रहरीहरू ल्याइयो । प्रदर्शनकारी र प्रहरीलाई एकै ठाउँमा राखेर उपचार गर्दा थ्रेट हुने अवस्था रहेकोले प्रहरीको बर्दी खोली अलग्गै वार्डमा सिफ्ट गरियो । भदौ २४ गते २१० जना घाइते उपचारको लागि आएकामा तीन जनाको मृत्यु भयो । ४६२ घाइतेमध्ये ५० जनाको अपरेसन गरियो भने करिब ४०/४२ जनालाई ट्रमा, टिचिङ र पाटन अस्पतालमा रेफर गरियो । केही घाइते सामान्य उपचारपश्चात् तुरुन्तै बाहिर गएर प्रदर्शनमा सहभागी भए ।
प्रत्यक्षदर्शी सुवास खत्रीको कागज व्यहोरा
२०८२/०५/२४ गते बिहानदेखि प्रहरी कार्यालय, अन्य सरकारी कार्यालय, सङ्घीय संसद् भवन, उच्चतहका व्यक्तिको निजी निवासहरूमासमेत तोडफोड तथा आगजनी भइरहेको थियो । गौशाला प्रहरी कार्यालयमा तोडफोड भइरहेको सुनी म र उमेश महत हेर्न गयौँ । हामी गौशाला प्रहरी कार्यालयको ठीकबिपरीतको बस काउन्टरमा थियौँ । त्यतिबेला एकजना व्यक्तिलाई गोली लागिसकेको थियो । लगभग १/२ बजे प्रदर्शनकारीहरूले ढुङ्गामुढा, तोडफोड तथा आगजनी गर्ने र प्रहरीले फायरिङ गर्ने क्रम चलिरहेको थियो । सोही क्रममा उमेश महत दाहिनेतर्फ छातीमा गोली लागेर ढले । उनलाई तत्कालै स्कुटरमा राखेर बानेश्वरको फ्रन्टलाइन अस्पताल लग्यौँ । उपचारको क्रममा लगभग ४/५ बजेतिर चिकित्सकहरूले मृत घोषणा गरे । २४ गतेको तोडफोड आगजनीजस्ता विध्वंसात्मक कार्यमा अन्य कुनै समूहले घुसपैठ गरेको शङ्का लाग्छ ।
प्रत्यक्षदर्शी आयुष भट्टराईको कागज व्यहोरा
२०८२ भदौ २३ गते बानेश्वर चोकमा माइतीघर, तीनकुने, पुरानो बानेश्वर, शङ्खमूललगायतका स्थानबाट आएका प्रदर्शनकारीको भिड जम्मा हुँदै थियो । प्रहरीले अगाडि जान नदिएपछि भिडले प्रहरीमाथि ढुङ्गामुढा ग¥यो । प्रदर्शनकारीहरूले प्रहरीले फालेको अश्रुग्यासलाई हातले टिपेर प्रहरीतर्फ नै फाल्दै गरेको देखेको हुँ । सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रहार गर्दा पनि भिड नहटेपश्चात् सुरक्षाकर्मीहरूबाट गोली फायर भएको हो ।
एभरेस्ट होटल अगाडिको आकाशे पुलनिर उभिएर प्रदर्शन हेरिरहेका एक व्यक्तिलाई छातीमा गोली लागेर पुलनिर छटपटाउन थालेको मैले प्रत्यक्ष देखेको हुँ । त्यसपछि म सो स्थानबाट भागेर पसलतर्फ हिँडेको हुँ । भदौ २४ गतेको घटनामा विभिन्न आपराधिक समूहले घुसपैठ गरी सरकारी, निजी भौतिक सम्पत्तिहरूमा तोडफोड, आगजनी र लुटपाट गरेको हुनुपर्दछ ।
Leave a Reply