‘पूर्वप्रधानमन्त्री र मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण’ शीर्षक र तस्बिरअनुसार केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र सुशीला कार्की ७ जनामध्ये ५ जना ‘आर्य’ दुई जना ‘खस’ थिए । (‘राजधानी’ – ६ असार, २०८३)
कृषिमा सरकारको योगदान खोइ ?
सबैलाई थाहै भएको विषय हो, मानिसको लागि रगतजस्तै कृषिको लागि सिँचाइ र नहरहरू पनि त्यतिकै आवश्यक हुन्छ । मानिसको खानाजस्तै कृषिको विकासमा मल नभई हुँदैन । तर, व्यवहारमा नहरको निर्माणबारे सा¥है थोरै चर्चा हुन्छ सडकको तुलनामा ! किनभने, सडक निर्माणमा ठुलो बजेट छुट्याए पनि डोकोजस्तै चुहिने ठाउँ वा प्वालहरू प्रशस्त छन् । त्यसैले, शासकदेखि प्राविधिक, कर्मचारी र निर्माण व्यवसायीहरू बढी त्यत्तैतिर आकर्षित छन् ।
“१० वर्षको झन्डै दुई खर्ब कृषि अनुदान छानबिनमा’, ‘समितिलाई कृषि अनुदान कार्यक्रमको समीक्षा गर्दै दुरुपयोग, दोहोरो लाभ, प्रभावकारिता तथा वास्तविक लाभग्राहीको अवस्थाबारे अध्ययन गर्ने कार्यादेश, ६ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने ‘कृषि उपजको उत्पादनमा सुधार नभएको महालेखाको निष्कर्ष’, ‘एक दशकमा कहाँ गयो दुई खर्ब रुपैयाँ’ (‘नयाँ पत्रिका’ –६ असार, २०८३) । यसले कृषिजस्तो महत्वपूर्ण क्षेत्रको दयनीय हालत दर्शाउँछ ।
यी प्रश्नहरूको उत्तर पाउन प्रधानमन्त्री, कृषिमन्त्री, मन्त्रालय र विभागका ‘नाइकेहरू’ माथि नै छानबिन आवश्यक छ । निष्पक्ष छानबिन भएमा सबै अपराध र अपराधीहरू खुल्नेछन् । तर, कारबाही गर्नुभन्दा पहिले तिनीहरूका राहदानीहरू सरकारको कब्जामा आइसक्नुपर्ने छ ।
न्याय व्यवस्था नै शासनको तस्बिर
६ असार, २०८३ को ‘कान्तिपुर’ ले लेख्यो – ‘सर्वोच्चमा न्यायको जाम, २७ हजार मुद्दाको चाङ’, ‘न्यायाधीश अभाव, कानुन व्यवसायीले बारम्बार पेसी सार्ने प्रवृत्ति, मुद्दाका पक्ष–विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने कतिपय अवस्थामा न्यायाधीशले राजनीतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहनेजस्ता कारणले मुद्दा सुनुवाइ सुस्त ।’ के यही हो न्याय व्यवस्थाको तस्बिर !
भेनेजुयला र इरानका जनतामाथि नेपाली जनताको सहानुभूति र समर्थन
सरा अमेरिका संसारका विभिन्न देशका जनता र सरकारहरूलाई तर्साउने राज्यको रुपमा बदनाम छ । संरा अमेरिकाले दक्षिण अमेरिकी देश भेनेजुयलामा ६ महिनाअगाडि मध्यरातमा देशभरि बत्ती निभाएर अचानक हमला गरी राष्ट्रपति मादुरो र श्रीमती मादुरोलाई समेत अपहरण गरेको थियो । आजसम्म पनि मादुरो दम्पतीलाई संरा अमेरिकामै बन्दी बनाउँदै एक सार्वभौम देशमाथि ठुलो अपराध गर्दै छ । सामाजिक जीवनमा भए त्यस्ता घटनालाई ठुलो अपराध मानिन्छ । उक्त हमला अमेरिकी राष्ट्रपतिकै अगुवाइमा भएको संसारका जनताले लिएका छन् ।
संरा अमेरिकाले भेनेजुयलामा आक्रमण गर्नुको कारण हो – भेनेजुयलाको पेट्रोललाई संरा अमेरिकाकै भाउमा संरा अमेरिकालाई बेच्नुपर्ने र छिमेकी समाजवादी देशलाई बेच्न नपाउने सर्त राख्दा भेनेजुयला सरकारले अस्वीकार गर्नु । यो सार्वभौम देशको निम्ति स्वाभाविक विषय हो । यसरी संरा अमेरिकी प्रशासनले एक लुटाहाको रूपमा ६ महिनादेखि भेनेजुयलाबाट सस्तोमा पेट्रोल लुट्दै छ ।
आज पनि भेनेजुयलाली जनताले अमेरिकी लुटको विरोधमा आवाज उठाउँदै छन् । त्यस्तो दुःखका बेला ११ असारको दिन भेनेजुयलामा ठुलो भूकम्प भई ठुलो जनधनको क्षति भयो । समाचारअनुसार एक हजार ४३० जनाभन्दा बढीको मृत्यु, ५० हजारभन्दा बढी बेपत्ता छ र खोजतलास चालु छ ।
यस्तो दुःखद अवस्थामा नेपाली जनताको तर्फबाट ‘श्रमिक’ साप्ताहिकमार्फत सहानुभूति व्यक्त गर्दछौँ ।
इरानमाथि संरा अमेरिकाद्वारा पुनः आक्रमण
संरा अमेरिकी प्रशासनले फेब्रुअरीमा पहिलो आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानी सरकार र जनताले पनि प्रत्याक्रमण गरे । ट्रम्प प्रशासनले शान्तिवार्ताको दुई पटक नाटक ग¥यो । १३ असार २०८३ को शनिबारको राति संरा अमेरिकाले इरानको विभिन्न स्थानमा आक्रमण ग¥यो । इरानले पनि आफ्नो सार्वभौमिक अधिकारलाई रक्षा गर्न ‘इँटको जवाफ ढुङ्गाले’ भनेजस्तै अमेरिकी सैनिक शिविरहरूमाथि आक्रमण ग¥यो । इरानमाथि आक्रमण गर्ने अमेरिकी पिछलग्गूहरू – कटार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया र इजरायलको विरोधमा बदलाको आक्रमण गर्दै छ । संसारमा न्यायप्रेमी जनता इरानी जनताको पक्षमा छन् ।
Leave a Reply