कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
- असार २१, २०८३
भक्तपुर, २१ असार । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भ्रष्टाचारविरोधी दिवसको संस्मरणको अवसरमा भएको ‘श्रमिक’ साप्ताहिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले २०२५/२०२६ सालमा नै नेपाल क्रान्तिकारी किसान सङ्घले सहकारीका भ्रष्टाचारीलाई उल्टा टोपी लगाई नगर परिक्रममा गराएको उल्लेख गर्नुभयो । नेपालमा भ्रष्टाचारको विरोध गर्ने र भ्रष्टाचारीलाई जनकारबाही गर्ने एउटै मात्र पार्टी नेपाल मजदुर किसान पार्टी हो, उहाँले भन्नुभयो ।
पार्टीको सिद्धान्तअनुसार देश र जनताको सेवा गर्ने भावना मजदुरहरूमा हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले मजदुरहरू सङ्गठित भई आफ्नो हक र अधिकारको निम्ति लड्न तयार हुनुपर्ने बताउनुभयो । उहाँले मजदुरहरूले पनि नियमित अध्ययन गरी अन्तरक्रियालगायत अन्य कार्यक्रमहरू गर्नुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष विष्णुराम दुमरुले वर्तमान सरकारको कुनै सिद्धान्त, विचार र दर्शन नभएको कारण आगामी दिनमा देशले ठुलो सङ्कटको सामना गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रम बालेन सरकारले १०० दिनमा १०० गर्ने वाचा झूटो साबित भएको र सुकुमवासीलगायत सारा नेपाली जनतालाई दुःख दिई शिक्षा र स्वास्थ्यमा कर लगाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सङ्घका जिल्ला सचिव रमेश दुमरु, विक्रम ढुकुछु, गणेशप्रसाद सुवाल र रामकृष्ण बखुन्छेलगायतले बोल्नुभएको थियो ।
Leave a Reply