महान् नेता किम इल सङको स्मृति दिवस (८–जुलाई)
- असार २४, २०८३
मृतक साजन राई डकर्मीका भतिज भरत राईको कागज व्यहोरा :
मेरो काका साजन राई शैक्षिक रूपमा साक्षर पनि थिएनन्, डकर्मी काम गर्थे । व्यक्तिगत कारणले जियनजेड पुस्ताद्वारा तत्कालीन सरकारविरुद्ध आयोजित आन्दोलनमा एक्लै र स्वतःस्फूर्त सहभागी भएका थिए । घटनाको दिन काका बानेश्वरमा रहेछन् । अन्तिम पटक भदौ २३ गते घरबाट जाँदा म र काका भक्तपुरस्थित डेरा कोठामा सँगै बसेका थियौँ । सोही दिन बानेश्वर चोकमा गोली लागेपछि हामीले नै अस्पताल पु¥याएका थियौँ । भदौ २३ गते बेलुका ७ः४९ बजेको समयमा कोरियन अस्पतालमा नै मृत्यु घोषणा भएको थियो । सुरक्षाकर्मीले दमनकारी रूपमा बिनाचेतावनी नै छातीमा गोली प्रहार गरेका हुन् । जाँचबुझ आयोगले दोषीलाई हदैसम्मको न्यायिक कारबाही गरोस् ।
मृतक बुध्दिबहादुर तामाङका बाबु विष्णुबहादुर तामाङको कागज व्यहोरा :
मेरो जेठो छोरा बुद्धिबहादुर तामाङ कक्षा १२ सम्मको अध्ययन गरी व्यापार गर्थे । जियनजेड पुस्ताद्वारा तत्कालीन सरकारविरुद्ध आयोजित आन्दोलनमा एक्लै र स्वतःस्फूर्त सहभागी भएका थिए । घटनाको दिन छोरा बानेश्वरमा रहेछन् । अन्तिम पटक भदौ २३ गते घरबाट जाँदा बुद्धिले देशको हितको लागि जाँदै छु भनेका थिए । सोही दिन बानेश्वर चोकमा गोली लागेपछि आन्दोलनमा गएका साथीहरूले नै अस्पताल पु¥याएका रहेछन् । भदौ २३ गते ट्रमा सेन्टरमा नै मृत्यु घोषणा भएको थियो । सुरक्षाकर्मीले दमनकारी रूपमा बिनाचेतावनी नै गोली प्रहार गरेका रहेछन् । राहत स्वरूप नेपाल सरकारबाट रु.१५ लाख पाएका छौँ । जाँचबुझ आयोगले दोषीलाई हदैसम्मको न्यायिक कारबाही गरोस् ।
मृतक नीरज पन्तका बुबा कीर्तिबल्लभ पन्तको कागज व्यहोरा :
मेरो छोरा सामान्य औषधि व्यवसायी हुन् । जियनजेड पुस्ताद्वारा तत्कालीन सरकारविरुद्ध आयोजित आन्दोलनमा एक्लै र स्वतःस्फूर्त सामाजिक सेवा गर्ने हेतुले सहभागी भएका थिए । घटनाको दिन भदौ २४ गते छोरा महाराजगञ्जमा रहेछन् । सोही दिन महाराजगञ्जमा गोली लागेपछि प्रदर्शनकारीहरूले नै अस्पताल पु¥याएका रहेछन् । भदौ २४ गते टिचिङ अस्पतालमा नै मृत्यु घोषणा भएको थियो । सुरक्षाकर्मीले राम्रो व्यवहार नगरेर बिनाचेतावनी नै गोली प्रहार गरेका रहेछन् । राहत स्वरूप नेपाल सरकारबाट रु.१५ लाख पाएका छौँ । आयोगले दोषीलाई हदैसम्मको न्यायिक कारबाही गरोस् । यस्ता घटना दोहोरिन नदिन सरकार र सुरक्षाकर्मी संयम हुनुपर्छ ।
मृतक निखिता गौतमका बुबा लोकनाथ गौतमको कागज व्यहोरा :
मेरी छोरी निखिता गौतम विद्यार्थी हुन् । जियनजेड पुस्ताद्वारा तत्कालीन सरकारविरुद्ध आयोजित आन्दोलनमा चासो राखेता पनि घटनाको दिन भदौ २४ गते छोरी गौशाला चोकस्थित आफ्नै घरको छतमा आफन्तसँग बसिरहेकी थिइन् । गोली लागेपछि एक जना अपरिचित व्यक्तिले आमाको काखमा राखेर मोटरसाइकलमा नै छोरीलाई फ्रन्टलाइन अस्पतालमा पु¥याएपछि अस्पतालले मृत्यु भइसकेको घोषणा गर्यो । सुरक्षाकर्मीले आक्रामक र दमनकारी व्यवहार गरेर बिना चेतावनी नै अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । राहत स्वरूप नेपाल सरकारबाट रु.१५ लाख पाएका छौँ । जाँचबुझ आयोगले दोषीलाई हदैसम्मको न्यायिक कारबाही गरोस् । यस्ता घटना दोहोरिन नदिन घटना घटाउने तत्कालीन सरकार, सरकारको संरचना र जिम्मेवार व्यक्तिहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ ।
मृतक अनिष पराजुलीका बुबा भीमबहादुर पराजुलीको कागज व्यहोरा :
मेरो एक मात्र छोरा अनिश पराजुली कक्षा १० पास गरेर सानो तिनो व्यवसाय गरिरहेको थियो । जियनजेड पुस्ताद्वारा तत्कालीन सरकारविरुद्ध आयोजित आन्दोलनमा भदौ २३ गतेको प्रहरी ज्यादतिले उत्तेजित भई साथीहरूसँग स्वतःस्फूर्त रूपमा भदौ २४ गतेको आन्दोलनमा सहभागी भएका थिए । घटनाको दिन अनिश महाराजगञ्जमा रहेछन्, अन्तिम पटक भदौ २४ गते गाउँको एकजना आफन्तसँग कुरा भएको रहेछ । सोही दिन महाराजगञ्जमा गोली लागेपछि आन्दोलनकारीले नै अस्पताल पु¥याएको रहेछन् अस्पताल लगेको केही बेरमा नै मृत्यु भइसकेको कुरा थाहा पाएँ ।
सुरक्षाकर्मीले दमनकारी रूपमा बिना चेतावनी नै अन्धाधुन्ध छातीमा गोली प्रहार गरेका रहेछन् । राहत स्वरूप नेपाल सरकारबाट रु.१५ लाख पाएका छौँ । घटनाको जिम्मेवार तत्कालीन नीति निर्माणस्तरका सबै एवं सुरक्षाकर्मीको कमान्डर लगायत हुन् । यस्ता घटना दोहोरिन नदिन देशमा नीतिगत सुधार गरेर नातावाद, कुशासन र भ्रष्टाचारको अन्त्य हुनुपर्छ ।
मृतक विजय चौधरीका दाजु अजयकुमार चौधरीको कागज व्यहोरा :
मेरो भाइ विजय चौधरी कक्षा १२ सम्मको अध्ययन सकेर ठेकापट्टा गरिरहेको थियो । जियनजेड पुस्ताद्वारा तत्कालीन सरकारविरुद्ध आयोजित आन्दोलनमा भदौ २४ गतेको दिन स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए । घटनाको दिन भाइ संसद् भवनपछाडि रहेछन्, अन्तिम पटक भदौ २४ गते दिदीसँग कुरा भएको रहेछ । सोही दिन संसद भवन पछाडि गोली लागेपछि आन्दोलनकारीले नै मोटरसाइकलमा अस्पताल पु¥याएको केही बेरमा नै मृत्यु भइसकेको कुरा थाहा पाएँ । सुरक्षाकर्मीले आक्रामक रूपमा बिनाचेतावनी नै गोली प्रहार गरेका हुन् । राहत स्वरूप नेपाल सरकारबाट रु.१५ लाख पाएका छौँ । यस्ता घटना दोहोरिन नदिन देशमा रोजगारीको उपलब्धता, भ्रष्टाचारको अन्त्य र सुशासन हुनुपर्छ ।
मृतक महेश बुढाथोकीका बुबा केशब बुढाथोकीको कागज व्यहोरा :
मेरो जेठो छोरा महेश बुढाथोकी विद्यार्थी हुन् । जियनजेड पुस्ताद्वारा तत्कालीन सरकारविरुद्ध आयोजित आन्दोलनमा साथीहरूसँग स्वतःस्फूर्त सहभागी भएका थिए । अन्तिम पटक महेशको आफ्नी आमासँग कुरा भएको थियो । सोही दिन कोटेश्वर चोकमा गोली लागेपछि प्रदर्शनकारीहरूले नै अस्पताल पु¥याएकोमा अगाडि नैं मृत्यु भइसकेको रहेछ । पोस्टमार्टम रिपोर्टमा गोली लागी मृत्यु भएको कुरा उल्लेख छ । प्रत्यक्षदर्शीले बताएअनुसार सुरक्षाकर्मीले आक्रामक र दमनकारी रूपमा बिनाचेतावनी नै गोली प्रहार गरेका रहेछन् । राहत स्वरूप नेपाल सरकारबाट रु.१५ लाख पाएका छौँ । जाँचबुझ आयोगले दोषीलाई हदैसम्मको न्यायिक कारबाही गर्नुपर्छ र नीतिगत सुधार पनि गर्नुपर्छ ।
मृतक उमेश महतकी दिदी सुमित्रा महतको कागज व्यहोरा :
मेरो भाइ स्नातक तहका विद्यार्थी थिए । जियनजेड पुस्ताद्वारा तत्कालीन सरकारविरुद्ध आयोजित आन्दोलनमा साथीहरूसँग स्वतःस्फूर्त सहभागी भएका थिए । भदौ २३ गतेको दिन उमेश बानेश्वर आन्दोलनमा सहभागी थिए भने भदौ २४ गते गौशाला थिए । अन्तिम पटक मसँग कुरा हुँदा भाइ घरमा नै थियो । भदौ २४ गतेको दिन गौशालामा हिँडदै गर्दा गोली लागेपछि को कसले अस्पताल पु¥याएको रहेछन् थाहा भएन । उक्त दिन नै फ्रन्टलाइन अस्पतालमा उमेशलाई मृत घोषणा गरियो । सुरक्षाकर्मीले आक्रामक र दमनकारी रूपमा छातीमा गोली प्रहार गरेको रहेछ । राहत स्वरूप नेपाल सरकारबाट रु.१५ लाख पाएका छौँ । आयोगले दोषीलाई न्यायिक कारबाही गर्नुपर्छ । घटनाको जिम्मेवार तत्कालीन नीतिस्तरका सबै र तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक लगायत हुन् ।
Leave a Reply