ऐना
- असार २६, २०८३
शैक्षिक चेतनाको
बीजारोपण गरेर
विद्यारुपी प्रकाशको
प्रचार गर्दै गाउँ गाउँ घुम्ने
आफ्नो पौरखले
स्वाभिमानी भएर बाँच्ने
परिवर्तनशील समाजको अग्रदूत !
एक कलिलो हँसिलो
संसारको न्वारान गरेर
अनुशासित कर्तव्यपरायणताको
आत्म विश्वास जगाउने
एक कर्मठ शिक्षासेवी भएर
देश बोकी हिँडने साहसी मानव !
यो नवयुगको विद्याको सागरमा
हामी सबल छौँ भनी
नयाँ उमङ्ग लिएर
धरतीका मुस्कानहरूलाई
देशको कर्णधार निर्माण गरेर
ज्ञानको मन्दिरको उन्नति र प्रगति गर्ने
अनुभवी अग्रज !
यो शान्ति भूमिमा
सुसंस्कृत समाजको निर्माण गरेर
उपकारी, समाजसेवी, सत्यवादी भएर
राष्ट्रको लागि आफ्नो जीवन अर्पण गरेर
अवकास प्राप्त गर्ने महान् गुरु !
तर,
तिम्रो आशा, तिम्रो भरोसा !
कहीँ ढोकाले थुनिदियो
कहीँ हावाले उडाइदियो
यस्तै असजिलो परिस्थितिमा छटपटिरहने
शिक्षाको ज्योति निवृत्त गुरु !
Leave a Reply