भर्खरै :

भ्रष्टाचार अनि हाम्रो चेत फरक यति त छ

भ्रष्टाचार अनि हाम्रो चेत फरक यति त छ

भ्रष्टाचारी दिवस मनाउँदा मनाउँदै
भ्रष्टाचारको गन्ध,
यति सुगन्ध भएछ कि
ऊ भ्रष्टाचारमा चुर्लुम्म डुबेछ ।

उसलाई डुबिरहन मनलाग्छ
किनकि उसलाई थाहा छ
हिजो भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर घुमाउँथ्यो
आज भ्रष्टाचारीलाई सुल्टो टोपी लगाएर
स–सम्मान फूलको मालासाथ खाडा ओढाउँँछ ।

टोल छिमेकमा उनकै बखान छ
वरिपरि छिमेकी जजमान छ
मान्छे भनेको फलानाजस्तै हुनुपर्छ
नाम, दाम, सान, ओहो !
हेर्दै लोभलाग्दो छ !!
गाडी, बङ्गला हेर्न लायक छ
साथीसङ्गी, आफन्त, नाता सबै मक्ख छन्
चारैतिर वाहवाही छ !
छोरो मान्छे यस्तो पो हुनुपर्छ ।

अचम्म !
तिमी के गर्दै छौ ?
ख्ुब इमानको पाठ घोक्नुपर्छ
समाज सेवामा जोत्नुपर्छ
सेवामा मेवा अलि काट्नुपर्छ
हातको मह अलि चाट्नुपर्छ
भन्दा, तैंले मानिनस् !

खुब बाउको कुरो मान्नुपर्छ
बाउको पछिपछि लाग्नु पर्छ
खाइस् ! बल्ल कुरो बुझिस् !!
हाम्रो समाजको चेत !
कस्तो लाग्यो ?

अरुको के कुरा गरौँ !
ऊ हेर, पर धूमिल कुनामा
तिमीलाई पाठ पढाउने मास्टर
भ्रष्टाचारी दिवसकै दिन
भ्रष्टाचारीसँग कुममा कुम मिलाउँदै
भ्रष्टाचारीसँगै चियर्स गर्दै
रम्दै रमाउँदै गरेको
देखिस् ! के नापिस् ?

आजकल भावनाको जोखना जोख्छ कहाँ ?
श्यामल काका भन्दैै हुनुहुन्थ्यो ।

मुसुक्क हाँस्दै जवाफमा भने,
समाजको चेत !
हजुरुको चेत !!
मेरो चेत !
मास्टरको चेत !!
फरक यति त छ !!!
२०८३/४/६

Leave a Reply

Your email address will not be published. Required fields are marked *