भर्खरै :

कसले भन्ने कठै

  • श्रावण ८, २०८३
  • जयन्त पौडेल ‘आश्रम’
  • साहित्य

हेर्नोस् गाँस, वास र कपास
अनि शिक्षा र स्वास्थ्य
त्यस्तै रोजगारी र अमन चैन
हुन् हाम्रा मागै ।१।

तर भनेरै के गर्नु
हरेक सरकारले भन्छन्
गरेकै छौँ, गर्दै छौँ
समय त लागिहाल्छ नि ।२।

अब कसलाई के भन्ने
यसमा दोषी को
सरकारै या हुन् जनता
बुझौँ राम्ररी यसलाई ।३।

के गर्नु नचाहेरै भन्नु पर्दा
पार्टीको नेताहरू बने
चाहे देश बनोस् नबनोस्
आफू बने पुग्यो ।४।

होला सायद हुन सक्छ
यहाँको चलनै यस्तै
जति बुझ्यो उति कठिन
हेर हाम्रो नेपाल ।५।

खोइ कसले भन्ने कठै
सबै उस्तै उस्तै
खाली पानीमा ओभाने हुने
आफू चोखिनु चोखी ।६।

Leave a Reply

Your email address will not be published. Required fields are marked *