आइतबारको बिदा
- श्रावण ८, २०८३
नयाँ नयाँ भन्थे कहाँ छन् खै
अनुहार त पुरानै छन्
शील, स्वभाव, व्यवहार फरक छैन
पुरानैबाट उछिट्टिएकाहरूको
भन्न त भन्थे अबुझहरू
यो त नयाँ सरकार हो ।
मौकामा चौका हान्नेहरूको
सिद्धान्त, विचार के हुनु
बालेन सरकारको स्वर्णिम युग
ऋणमाथि ऋण थोपर्दा पनि पुगेन
शिक्षा स्वास्थ्यमा ३ प्रतिशत कर
बिजुलीमा ५ देखि १३ प्रतिशत कर ।
पश्चिमबाट दीक्षितहरू
अमेरिकी सङ्घ संस्थाहरूकै
अमेरिकी युथ काउन्सिल
हामी नेपाल, टीओबी
बारबरा फाउन्डेसनका नाइकेले
चलाउने शासनशैली उतैका ।
बैङ्क सञ्चालन गर्ने तरिका
सेर राइडिङमा ५ प्रतिशत कर
सेयर कारोबारमा १० प्रतिशत कर
मन्त्रि, सांसदहरूलाई स्वकीय
राखेर पो के फरक भो ।
सुशासन कायम गर्ने नै हुन्
भ्रष्टाचार अन्त्य गर्ने नै हुन्
आफ्नालाई त छुनै भएन
ऐन कानुन त सबैलाई हो ।
जनतालाई भने बोझमाथि बोझ
नेताहरूलाई भने मोजै मोज
यो घण्टेहरूको नियति हेर
नयाँ भस्मासुरको उदय भो ।
Leave a Reply