भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरू कर्मचारी सेवा र सर्तसम्बन्धी विनियमावली अविलम्ब पारित गराउन आन्दोलित
- श्रावण ४, २०८३
चिन्तक जन्मिनु अपराध ठानिन्छ जहाँ
प्रश्न सोध्नु विद्रोह मानिन्छ जहाँ
विचार, सिद्धान्त, नैतिकता, अनुशासन, नीति, नियमलाई
उपेक्षा गरिन्छ जहाँ
त्यहाँ सभ्यताको नाममा
केवल भीड हिँडिरहेको हुन्छ
दिशाहीन, विचारहीन, आँखामा नोटको झिल्को बोकेर ।
हामी इतिहासलाई पूजा गर्छौँ
तर विचारमा टेकेर हिँड्न डराउँछौँ ।
बुद्ध जन्मिएको भूमिमा
करुणा अनाथ बनाउछौ
अनि घाँटी चर्किने गरी चिच्याउँछौ
घाम लागेको देश ।
घाम लागेको देश त्यति टाढा छैन
जति टाढा हाम्रो विवेकबाट वास्तविकता भागेको छ
हो, घाम लागेको देश त्यति माथि छैन
जति अग्लो हाम्रो बुद्धिमा पर्खाल लागेको छ
यो त नजिकै छ
यदि हामीले पर्खाललाई
पाठ सम्झ्यौँ भने ।
जहाँ ज्ञान सजावट होइन
जनताको दैनिकी हुनेछ
जहाँ श्रम लाज होइन
सम्मान हुनेछ
जहाँ झूट बोल्नु अपराध हुनेछ
र धन नहुनु दरिद्रता हुनेछैन ।
तर यहाँ नेता भविष्य देख्दैन
नोट गन्छ ।
कार्यकर्ता सपना होइन
पद खोज्छ ।
राजनीति विचारको होइन
ठेक्काको खेल बनेको छ ।
ए मेरा देशवासीहरु
ए देशका राजनीतिज्ञहरू
केका लागि हँ
यो तानातान
केका लागि हँ
यो हानाहान
किन हो फेरि यो तँछाडमछाड
जिउनका लागि त
प्रकृति नै पर्याप्त छ,
अभाव त लोभले बनाएको हो ।
निजी सम्पत्तिको छायामा
न्याय लुलो हुन्छ
मानवता सस्तो हुन्छ
अनि धनी किन्छ
गरिब बेचिन्छ ।
हामीलाई अब
व्यक्ति पूजा हैन
मानव मूल्य चाहिन्छ
नायक चाहिँदैन
हामीलाई चिन्तन चाहिन्छ ।
सबैका लागि काम
कामका लागि सम्मान चाहिन्छ
यति भन्न कति डराउनुपर्ने भो
कतिको आँखाको कसिङ्गर बन्ने हो
किन हो
कहिलेसम्म हँ
ए चिन्तनको घाम नउदाएको देश ।
Leave a Reply