आइतबारको बिदा
- श्रावण ८, २०८३
पूर्व–पश्चिम र उत्तर–दक्षिण सिमानाको लकिर निश्चित छ,
देशको नियम कानुन सबैलाई लाग्ने आखिर निश्चित छ ।
फेरि किन हुन्छ नागरिकहरूमै विविधता कति देशमा,
धर्मको नियममा सबैलाई प्रवेश मठ मन्दिर निश्चित छ ।
कसको इसारामा हुन्छ मानिस मानिसबिच पर्खाल यहाँ,
धर्मकै निहुँमा विभेद हुँदा मनभित्र ठुलो पिर निश्चित छ ।
एउटै देशभित्र विभिन्न जाति हुन्छन् मिलेर बस्ने सदियौँ,
त्यो समाज भए विभेद मुटुमा बिज्ने त्यो झिर निश्चित छ ।
कति रहन्छ यो जातीय बन्धन र धर्मको विभेद यो देशमा,
आएर आँधीबेहरी बदलिन्छ यो देशको तस्बिर निश्चित छ ।
हुन्छ सम्मान सहिदका बन्छन् सालिक देशका कुना कुना,
गद्दारलाई जेलमा देशभक्त युवा देशमै हाजिर निश्चित छ ।
Leave a Reply