आइतबारको बिदा
- श्रावण ८, २०८३
राष्ट्र सेवक भन्नेहरूको लागि बनेको छ सरकार दुहुनो गाई
भोट पनि दिने कर पनि तिर्ने निमुखा जनता सरकारको पराइ
यसले कसरी हुन्छ देशको समग्र सन्तुलित समृद्धि र विकास ?
आज समानता र बदलिँदो व्यवस्थामा प्रतिस्पर्धाको ठम्याइ
सत्ता र शक्तिको आडमा कर्मचारीलाई सहजीकरण सुटुक्क
निमुखा जनतालाई जबरजस्त लागू नियमकानुन लुसुक्क
विभेदबिना नियमकानुन हुनुपर्ने हो सबैलाई बराबर
शक्तिको आसेसासे जहिल्यै हुने गर्दछ यहाँ मुसुक्क
गर्दा रैछन् राज्यका कर्मचारीहरू संसारकै उत्कृष्ट कुरा
कर तिर्ने गरिब निमुखा प्रति चलाइन्छ जहिल्यै छुरा
उत्कृष्ट कुरा गर्ने शक्तिशालीहरू फेरिरहन्छन् बोली
कसैले नलगाएको लगाउन आतुर छन् बहुमूल्य चुरा
Leave a Reply