ख्वप कलेज अफ इन्जिनियरिङमा शिक्षक तथा कर्मचारीबिच विविध खेलकुद प्रतियोगिता सुरु
- भाद्र २५, २०८३
सन् २०२६ को विश्व कप क्यानाडा–मेक्सिको–संरा अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । बुधबार सम्पन्न फिफाको सम्मेलनमा मतदानबाट उक्त निर्णय गरिएको हो । मोरोक्कोले पनि विश्व कप आयोजनाको लागि उम्मेदवार दिएको थियो ।
कुल २०३ मतमध्ये १३४ मत तीन देशको गठबन्धनको पक्षमा परेको थियो । २०२६ विश्व कपका अधिकांश खेलहरु भने संरा अमेरिकामा हुनेछन् । संरा अमेरिकाले यसअघि सन् १९९४ मा र मेक्सिकोले सन् १९७० र १९८६ मा विश्व कप आयोजना गरेको थियो । क्यानाडा भने पहिलो पटक विश्व कप आयोजक बन्न लागेको हो ।
Leave a Reply