अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
सामाजिक आपराधिक घटनाहरूमध्ये बलात्कार महिलामाथि हुने एक यौनजन्य जघन्य अपराध हो । बलात्कार घटना दिनानुदिन बढ्दो क्रममा रहेको तथ्याड्ढ सार्वजनिक भएको छ ।
बिहीबार, २४ जेठ २०७५ को अन्नपूर्ण पोष्टमा प्रकाशित भएअनुसार देशमा २० वर्षमा ६ गुणाले बलात्कार घटना बढेको छ । जनचेतना, सञ्चारमाध्यम र विकासले घटना थप आउन सहयोग भए पनि सो तथ्याड्ढले पूँजीवादी समाजको कहालीलाग्दो अनुहार प्रस्ट्याएको हो ।
२०५४÷५५ मा देशभरि १८१ वटा बलात्कारका घटना भएका थिए भने आर्थिक वर्ष २०७३÷०७४ सम्म आइपुग्दा यो सङ्ख्या १ हजार १ सय पुगेको छ ।
समाजमा आपराधिक घटनाको उजुरी परेपछि छानबिनद्वारा अपराधिले सजाय र पीडितले न्याय पाउनु पर्छ । आपराधिक गिरोहले नियमसङ्गत सजाय भोग्नु पर्दछ तर केही पहुँचवाला अपराधीहरूले धाक, धम्की, पैसाको बलमा फुत्कने र छुटकारा पाउने गरेका छन् । देशमा बलात्कार घटना किन बढ्दै छ ? सरकार चलाउनेहरूको ध्यान यतातर्फ किन जाँदैन । यो समाज यसरी नै चलाउन खोजेका छन् । राजनैतिक व्यवस्थाले समाजलाई प्रभाव पार्दछ । व्यवस्थाअनुसार नै समाज चल्ने हो ।
संसार अहिले पुँजीवादी व्यवस्थाले आक्रान्त छ । भोकमरी, बेरोजगारी, अशिक्षा, हत्या, हिंसा, भ्रष्टाचार, कालोबजारी, कमिसनखोर, नाफाखोरजस्ता आपराधिक क्रियाकलाप पुँजीवादी व्यवस्थाको विशेषता हो । दिन दुगुना रात चौगुनाले घटनाहरू बढिरहेका छन् । बलात्कारको घटना बढ्नु पनि यसकै परिणाम हो । पँुजीवादी व्यवस्थामा पैसा वा नाफाको निम्ति मान्छे स्वयं तौलिन पुग्छ र पैसाको लागि नै छट्पटिएर उसको जीवन अन्त हुन्छ । यहाँ नैतिकवान, इमानदार मान्छे पाउन गा¥हो छ । मानवताको खडेरी हुने यस व्यवस्थामा आपराधिक घटनाहरू घट्नु स्वाभाविक हो ।
पुँजीवादी व्यवस्थामा आपराधिक घटना घटनु त सामान्य नै भयो तर कानुनअनुसार कारबाही, दोषीले सजाय, दण्ड भोग्न मुस्किल छ । घटनामा पीडित भएकाहरू कानुनबाट पनि पीडित हुनुपर्ने अवस्था छ । पैसा र शक्तिले कानुनलाई चलाउँछ । नेपालमा कानुन पनि कडा बनाइएको छैन । कानुन पुँजीवादी संयन्त्रलाई नै सुरक्षा दिने खालको छ । यसकारणले पनि समाजमा आपराधिक घटनाहरू बढ्दै गएका हुन् ।
योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोवस्त गर्नसके समाजमा यस्ता घटना कम हुनेछ । बेरोजगारीका कारण मानिसहरूमा नकारात्मक सोच बढ्छ यससँगै फुर्सदको समयलाई व्यक्तिले सही ठाउँमा प्रयोग गर्न नसक्नाले समाजमा आपराधिक घटना घटिरहेको छ । विश्वमा भारत सबैभन्दा बढी छोरी चेली बलात्कृत हुने देश हो । छिमेकी देश भारत, पश्चिमेली र युरेपेली पुँजीवादी संचारमाध्यमले भित्रयाएका संस्कारको प्रभावका कारण पनि आपराधिक घटना नेपालमा बृद्धि भइरहेको छ ।
आपराधिक घटनाहरू रोक्नको लागि वा घटाउनको लागि मुख्यतः व्यक्तिलाई नैतिकतवान र इमानदार बन्नसक्ने शिक्षा दिनुपर्दछ । त्यसैखाले पाठ्यक्रम र पाठ्यपुस्तक विद्यालय तहमै तयार गरी राखिनुपर्दछ । समाजवादी आचरणको शिक्षाले मात्र व्यक्ति नैतिकवान र इमानदार बन्न सक्छ । मानिसमा कुविचार, कुदृष्टि, दुव्र्यवहार हटाउन सक्ने शिक्षा नै समाजवादी शिक्षा हो । वैज्ञानिक समाजवादी शिक्षाले नागरिकलाई समाजप्रति उत्तरदायी बनाउँछ । यसको निम्ति नागरिकमा राजनैतिक, सामाजिक शिक्षाको पनि आवश्यकता पर्दछ । यस्ता शिक्षा समाजवादी व्यवस्थामा सम्भव हुन्छ । वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र पुँजीवादी राज्य व्यवस्थाका दूर्गणहरू समाप्त हुनेछ । सभ्य, सुसंस्कृत समाज अर्थात वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति सङ्घर्ष गर्नु नै अन्तिम विकल्प हो ।
– राजकुमार श्रेष्ठ, चितवन
Leave a Reply