गर्मी र आगोबिच पाकिस्तानी इँटा मजदुर
- श्रावण २५, २०८३
भक्तपुर, २६ साउन । ख्वप कलेज अफ लको चौथो वर्षको Criminal Law Group को आयोजनामा नेपालको ‘बाल न्याय प्रणाली (Child Justice System)’ सम्बन्धी एकदिने सेमिनार आइतबार सम्पन्न भयो । ख्वप कलेजको सभाहलमा आयोजित कार्यक्रममा कलेजका प्राध्यापक तथा कर्मचारी, दोस्रो, तेस्रो र चौथो वर्षका विद्यार्थी तथा बाल न्यायसँग प्रत्यक्ष रूपमा सम्बन्धित विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।
बाल अदालत भक्तपुरका माननीय न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालले बाल न्यायको उद्देश्य बालबालिकालाई कसुरअनुसार सजाय दिनु मात्र नभई उनीहरूको सर्वोत्तम हित, व्यक्तिगत अवस्था, सुधारको सम्भावना र पुनःस्थापनालाई केन्द्रमा राखेर न्याय सम्पादन गर्नु रहेको बताउनुभयो ।
बाल न्यायको न्यायिक पक्षबारे आफ्नो अनुभव प्रस्तुत गर्दै उहाँले बालबालिकाबाट भएका कसुरमा निर्णय गर्दा उनीहरूको उमेर, पारिवारिक तथा सामाजिक पृष्ठभूमि, कसुरको प्रकृति र घटना घट्नुको परिस्थितिलाई समेत विचार गर्नुपर्ने बताउनुभयो ।
बाल अधिकारकर्मी तथा अधिवक्ता अजयशङ्कर झाले नेपालमा बालबालिकाको अधिकार संरक्षण तथा बालन्याय प्रणालीका लागि कानुनी व्यवस्था पर्याप्त भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र बालबालिकामा कानुनी सचेतनाको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनुभयो ।
नेपालको संविधान तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाको अधिकार, संरक्षण तथा न्यायसम्बन्धी विभिन्न व्यवस्था गरे पनि व्यवहारमा प्रक्रियागत कमजोरी, कानुनी सचेतनाको अभाव तथा संस्थागत क्षमताको कमीका कारण बालमैत्री न्याय प्रणालीको पूर्ण कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।
जिल्ला न्यायाधिवक्ता बिन्दुकुमारी धामीले बालबालिकासम्बन्धी मुद्दामा अभियोजन गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि पीडितको न्याय पाउने अधिकार र हितलाई समेत समान रूपमा ध्यान दिनुपर्ने बताउनुभयो ।
बाल मनोवैज्ञानिक प्रतीक्षा काफ्लेले बाल न्याय प्रक्रियामा मनोवैज्ञानिक मूल्याङ्कन, परामर्श तथा मनोसामाजिक सहयोगलाई न्याय प्रणालीको अभिन्न अङ्गको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सजाय होइन, व्यवहार परिवर्तन र पुनःस्थापना बाल न्यायको मूल उद्देश्य हुनुपर्छ ।”
समाजसेवी देवी सिवाकोटीले बाल न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि परिवार, समुदाय र राज्यबिच समन्वय तथा साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभयो ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक सुभेष अधिकारीले नेपालको संविधान र बालबालिकासम्बन्धी कानुनले बालबालिकाका लागि प्रगतिशील तथा बालमैत्री न्याय प्रणालीको परिकल्पना गरे पनि त्यसको व्यवहारिक कार्यान्वयनमा विभिन्न कानुनी, भौतिक तथा संस्थागत चुनौती रहेको बताउनुभयो ।
सेमिनारमा विद्यार्थी प्रतिनिधि अनिश अधिकारीले भन्नुभयो, “ऐनले १८ वर्षभन्दा कम उमेरकालाई बालबालिका भनी पहिचान गरेको छ । बालबालिकालाई दोस्रो अवसर दिन, उनीहरूको भविष्य सुरक्षित गर्न, अपराध दोहोरिन नदिन सुधारमुखी उपाय अपनाउन र उनीहरूको मानव अधिकारको संरक्षण गर्न बाल न्याय प्रणाली आवश्यक रहेको छ ।”
कार्यक्रमको समापनमा कलेजका प्राचार्य अनिता जधारीले प्यानलिस्ट, सहभागी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो ।
ख्वप कलेज अफ लको चौथो वर्षको Criminal Law Group द्वारा आयोजित उक्त सेमिनारले बाल न्यायलाई केवल कसुर र सजायको विषयका रूपमा नभई बाल अधिकार, जवाफदेहिता, सुधार, पुनस्र्थापना र सामाजिक पुनःएकीकरणसँग जोडिएको बहुआयामिक न्यायिक विषयका रूपमा विद्यार्थीहरूलाई आगामी दिनहरूमा अनुसन्धान गर्ने महत्वपूर्ण विषयवस्तु प्रदान गरेको बताउनुभयो ।
उक्त कार्यक्रमको संयोजक शिक्षक लक्ष्मी बखाद्यो हुनुहुन्थ्यो ।
कार्यक्रमको सहजीकरण ख्वप कलेज अफ लका चौथो वर्षका
Criminal Law Group का विद्यार्थी लक्ष्णा रञ्जितले गर्नुभएको थियो । कार्यक्रममा प्रनिता दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply