खाना पकाउने ग्यास र कालोबजारी नियन्त्रण गर्न माग गर्दै सुर्खेत प्रशासनमा ज्ञापनपत्र
- श्रावण २७, २०८३
भक्तपुर, २८ साउन । ‘जनता म्वाःसा, भाषा म्वाइ’ मूल नाराका साथ आयोजना हुने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्याका लागि आयोजक समिति बिहीबार गठन गरिएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालभाषा साहित्य तःमुंज्याको दबुले सबै भाषालाई स्थान दिँदै आएको बताउनुभयो । अन्य भाषाभाषीसँग कुराकानी गर्दा नेपालभाषालाई पनि बोलीचालीमा अझ उत्कृष्ट बनाउँदै लैजानुपर्ने उहाँको भनाइ थियो ।
सचिव सुवालले ३५ वर्षसम्म पटकपटक सत्तामा बसेर शाषण गर्ने पार्टीहरूले देशलाई आर्थिक रूपमा कमजोर बनाएको उल्लेख गर्दै राष्ट्रिय कलकारखाना निजीकरणका नाममा कौडीको मूल्यमा बेचेको बताउनुभयो ।
युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी स्वदेशमै काम गर्ने वातावरण नबनाएसम्म देशको विकास सम्भव नहुने उहाँले बताउनुभयो ।
उहाँले एमसीसीमा विदेशी लगानी तथा प्रभाव रहेको बताउँदै नेमकिपाले त्यसको विरोध गर्दै आएको बताउनुभयो । नेपालमा दलाई लामालगायत विदेशी प्रभावमा रहेका व्यक्तिहरूबाट सचेत रहनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईँले जनता सङ्घर्षका लागि तयार भएमा मात्र कला, भाषा र संस्कृतिको सुरक्षा गर्न सकिने बताउनुभयो ।
जनता आर्थिक रूपमा सबल हुनुका साथै सांस्कृतिक रूपमा पनि सबल हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तासँग कर्तव्य र इतिहासका विषयमा निरन्तर छलफल चलाउन आवश्यक रहेको बताउनुभयो ।
अतिथि गोसाईँले तत्कालीन अवस्थामा साहित्य लेख्ने र सुन्ने अवसर सिर्जना गर्ने अभियानकै रूपमा नेपालभाषा साहित्य तःमुंज्याको विकास भएको उल्लेख गर्नुभयो । नेपालभाषाका साहित्यकारहरूको साहित्य विश्वका अन्य भाषाका साहित्त्न्दा कुनै पनि हिसाबले कम नरहेको उहाँको भनाइ थियो ।
नेपालभाषा साहित्य तःमुंज्याको दबु जनतालाई राजनीतिक रूपमा शिक्षित र सचेत बनाउने मञ्च भएको उल्लेख गर्दै गोसाईँले नेपाली समाजमा रहेका विकृति र विसङ्गतिबारे जनतालाई सचेत गराउने काममा तःमुंज्याले निरन्तर योगदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्यालाई वर्गीय दृष्टिकोणबाट हेर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तःमुंज्याले कामदारवर्गको पक्ष लिँदै आएको उल्लेख गर्दै साहित्य र संस्कृति जनतासँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालभाषा साहित्य तःमुंज्या तथा साहित्य गोष्ठीहरू नभएका भए थुप्रै साहित्यकार र कलाकारको जन्म नहुने बताउनुभयो ।
नेपालभाषा साहित्यको विकासमा तःमुंज्याको ठुलो योगदान रहेको उल्लेख गर्दै स्थानीय संस्कृति र साहित्यको संरक्षण तथा विकास गर्नु नयाँ पुस्ताको जिम्मेवारी भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले क्रान्तिकारीहरूले लेखेपछि मात्रै क्रान्तिकारी साहित्यको विकास हुने बताउँदै अग्रजहरूले देखाएको बाटो नयाँ पुस्ताले बिर्सन नहुने धारणा राख्नुभयो ।
उहाँले नयाँ पुस्ताले अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अध्ययन–अनुसन्धानका लागि विदेश नै जानुपर्छ भन्ने सोच राख्न नहुने बताउनुभयो । नयाँ पुस्ताबाट नयाँ–नयाँ विषयमा साहित्य सिर्जना हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
उक्त भेलाले उकेश कवांको अध्यक्षतामा ७५ सदस्यीय ४६ औँ नेपाल भाषा साहित्य तःमुंज्या आयोजक समिति गठन गरेको हो ।
पुरुषोत्तम ग्वाछाले नेपालभाषा साहित्य तःमुज्यालाई भव्य रूपमा सम्पन्न गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
Leave a Reply